कनकाई अनलाईन
गान्धी जयन्तीको अवशर पारेर झापाको कनकाई नगरपालिकामा भारत सरकारले सुविधासम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।
नेपाल भारत सहयोग अन्र्तगत देशभरका ४० स्थानमा एम्बुलेन्स प्राप्त गर्दा झापाको कनकाई नगरपालिकाले समेत एक थान एम्बुलेन्स सहयोग पाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
कनकाई नगरपालिकालाई शुक्रवार हस्तानतरण गरिएको एम्बुलेन्स कनकाई नगर अस्पतालमा राखिने समेत पोखरेलले जानकारी दिनुभयो । एम्बुलेन्स अत्याधुनिक र सुविधा सम्पन्न भएको पोखरेलले बताउँनुभयो । एम्बुलेन्समा एसि, इसिजी मेशिन र अक्सिजन जडान गरिएको छ भने एक अस्पतालबाट अर्को अस्पतालसम्म जटिल प्रकृतिका बिरामीलाई लैजानका लागि उपकरणहरु राखिएको एम्बुलेन्स नगरप्रमुख पोखरेलले बताउँनुभयो । कनकाई नगरपालिकाले यसअघिनै कनकाई नगरभित्रका सबै डेलिभरीका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा समेत गरिसकेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा