कनकाई अनलाईन
हिजो राती कोरोना संक्रमणबाट मृत्यु भएका कनकाई नगरपालिका ९ का ४६ बर्षिय पुरुषलाई अहिले कनकाई सामुदायिक वनमा पुरेर अन्तिम सस्कार गरिएको छ ।
चारआलीस्थित श्रीनाथ गणबाट आएको सेनाको टोलीले वनमा शव गाडेको कनकाई नगरपालिकाले जनाएको छ ।
केहिदिन पहिले उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगर उपचारका लागि अगिएको थियो । विराटनगरमा हिजै कोरोना पुष्टि भएको उनको रातीनै निधन भएको अस्पतालले जनाएको छ ।
यसअघि पनि कनकाई ३ की एक महिलाको समेत कोरोनाका कारण मृत्यु हुदा कनकाई वनमै दाहसस्कार गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । हालसम्म कनकाईमा कोरोनाकै कारण ५६ जना संक्रमित भइसकेका छन भने त्यसमा २ जनाको मृत्युसमेत भइसकेको छ ।
यता कोरोनाका कारण आफ्नो वार्डमा मानिसको मृत्युनै भएपछि कनकाई ९ नम्बर वार्डलाई शिल गरिएको वडाअध्यक्ष प्रेम राजवंशीले बताउँनुभयो
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा