कनकाई अनलाईन
नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको भन्दै सरकारले बन्दाबन्दी कडा गर्ने निर्देशन जारी गरे पनि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको पाइएको छ ।
बन्दाबन्दी कडा गरेर जनता बचाउँछु भन्ने ध्याउन्नमा सरकार लागेको भए पनि मातहतका निकायले निर्देशन पालना गर्न नसकेपछि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको हो ।
हरेक दिन बिहान ११ वजेसम्म चन्द्रगढी भद्रपुरका अधिकाम्स चौक, बजार क्षेत्र र सडक किनारामा किनमेलको बाहनामा सामान्य अवस्थाको भन्दा भीड बढ्ने गरेको भए पनि सडकमा खटाइएका प्रहरीले नियन्त्रण गर्न सकेका छैनन् ।
न्युनतम सुरक्षाको मापदण्ड समेत पालना नगरी अनावश्यक भीडले कोरोना संक्रमण त्रास बढाएको छ । हुन त बजार क्षेत्र तथा चौक चौकका गल्लीमा प्रहरी परिचालन भएको पनि देखिने गरेको छ तर पनि अनावश्यक भीड रोकिन सकेको छैन ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा