कनकाई अनलाईन
एभिन्युज टेलिभिजनका विवादस्पद कार्यक्रम कोरोना कहरका संचालक शुसिल पाण्डेलाई हदैसम्मको कार्वाही गर्न यहाँका नागरिक समाजले माग गरेका छन ।
कनकाई सुरुङ्गा प्रेस क्लवको आयोजनामा सुरुङ्गा जेसिज भवनमा भएको सार्वजनिक अन्र्तक्रिया कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका ९ वटै वार्डअध्यक्ष , कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई , कनकाई नगरका सक्रिय सबै राजनैतिक दल र सामाजिक संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिले हदैसम्मको गाली गर्ने पाण्डेले सार्वजनिक रुपमा माफि माग्नुपर्ने र तल्लो स्तरको गाली बिरुद्ध कानुनी उपचार खोज्न समेत नागरिक समाजले माग गरेको छ । यसअघि कनकाई नगर क्षेत्रका सबै सक्रिय राजनिति दलले समेत पाण्डे विरुद्ध खेद प्रस्ताव पारित गर्दै कार्वाहीको माग गरेको थियो । राजनैतिक दलको खेद प्रस्तावपछि कनकाई नगरपालिकाको कार्यपालिका टिमले पाण्डे विरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत हालिसकेको छ । कार्यक्रम कनकाई सुरुङ्गा प्रेस क्लवको अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षता तथा सचिव मनोज बस्नेतको संचालनमा भएको थियो । कार्यक्रममा नगरपालिकाको तर्फबाट राहत वितरण लगायातको वारेमा नगर प्रवक्ता गोविन्द पौड्यालले नागरिक समाजलाई जानकारी दिनुभएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ