कनकाई अनलाईन
नेकपा युवा नेता एवम् माननीय सांसद एलपीसाँबा लिम्बुका स्वकीय सचिव विशाल खनालले झापामा कोरोना भाइरस भित्रिरहेको बेला दक्षिणी झापा गाउँपालिकाको सिमा सुरक्षा फौज सशस्त्र प्रहरी वल टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोद क्षेत्रका लागि पानी राख्ने बाल्टी र साबुन प्रदान गर्नुभएको छ ।
युवा नेता खनालले आजै सशस्त्र प्रहरी वल टाघनडुब्बामा १७ थान बाल्टी र ३६ थान हातधुने साबुन तथा जनपद प्रहरीका लागि ८ थान बाल्टी र १६ थान हातधुने साबुन प्रदान गर्नुभएको हो । निर्माण व्यावसायी शेरबहादुर थापा सहित दक्षिणी क्षेत्र पुग्नुभएका नेता खनालले सिमा सुरक्षामा खटिनुभएका प्रहरीको उच्च मनोवल बनाउन तथा प्रहरीको स्वास्थ्य संवेदनशीलतालाई लिएर ती सामाग्रीहरु प्रदान गर्नुभएको हो । खनालले टाघनडुब्बा सशस्त्र प्रहरीवलका प्रमुख प्रहरी निरिक्षक सचिन प्रधान र इप्रका कुमरखोद प्रमुख मानबहादुर जिम्बालाई उक्त स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ