कनकाई अनलाईन
जनकल्याण मावि मदरगाछको खेल मैदानमा यही फागुन २९ गते देखि चैत ६ गते सम्म खुल्ला झापा गाउँ पालिका च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
ूविकास , अनुशासन , गतिशीलता , आजको युवाको आवश्यकता भन्ने मुल नाराका साथ दिपज्योति युवा क्लब झापा गाउँ पालिका ७ मदरगाछ को आयोजनामा भ्रमण बर्ष २०२० लाई लक्ष्यित गर्दै , झापा गाउँ पालिका लाई खेलकुदमा अब्बल वनाउने साथै ग्रामीण छेत्रमा रहेका अवसर नपाएका खेलाडीलाई अवसर प्रदान गरिने र दक्ष खेलाडी उत्पादन गर्ने उदेश्य ले यो प्रतियोगिता आयोजना गरिएको सोमबार मदरगाछमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नेत्र सिटौलाले जानकारी गराएका छन ।
उक्त प्रतियोगितामा आयोजक दिपज्योति युवा क्लब , श्रीनाथ गण चारआली , जलथल फुटबल क्लब , दमक एकाडेमी , रेड स्टार विर्तामोड , सशस्त्र प्रहरी बल सुनसरी , झापा फुटबल क्लब राजगढ र ब्रदर्श युनाईटेड चन्द्रगढी गरि ८ वटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष डिल्ली चुडालले वताएका छन ।
प्रथम पुरस्कार १ लाख ११ हजार १ सय एघार र दोस्रो ५१ हजार १ सय एघार रुपैयाँ राशी रहेको प्रतियोगिता सम्पन्न गर्न अनुमानित आठलाख तेह्र हजार रुपया लाग्ने र जसको लागि झापा गाउँ पालिका बाट चार लाख साथै पालिकाका ५ , ६ र ७ वडा बाट केही थप सहयोग , स्थानिय संघ संस्था , खेल प्रेमी मन हरुको आर्थिक सहयोग बाट जुटाइने आयोजकका आर्थिक उपसमिति संयोजक सुवास डागीले जानकारी गराएका छन ।
खेल लाई ब्यवस्थित ढंगले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरि आआफ्नो जिम्मेवारीमा लागिसकेको र खेलमा हुनसक्ने सामान्य दुर्घटना लाई मध्यनजर गर्दै सुरुङ्गामा रहेको न्युरो फार्मेसीले निशुल्क प्राथमिक उपचारको ब्यवस्था गरेको क्लबका सचिव वासुदेव दाहालले जानकारी गराएका छन । यसै बिच फागुन २९ गते हुने उद्घाटन खेल आयोजक दिपज्योति क्लब र श्रीनाथ गण चारआली बिच हुने पनि बताइएको छ ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला