कनकाई अनलाईन
कनकाई माईबेनी मेला ऐतिहासिक रुपमा सफल भएको ठेकेदार समिति स्थानीय युवाले बताएका छन ।
माईवेनी मेलामा वढी सुल्क उठाएको लगायतका टिकाटिप्पनी उठेपछि कनकाई नगरपालिका तर्फका ठेकेदारले पत्रकार सम्मेलनको आयोजना गरि माईबेनी मेला पहिलेभन्दा वढी सफल रुपमा सम्पन्न भएको दावी सहित मेलामा कसैलाई समस्या वा असजिलो भएको भए क्षमा समेत मागेको छ ।
एस ः बिडी कन्सट्रन प्रालिका प्रोपाइटर धमेन्द्रप्रसाद दाहाल मेला आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र चुडाल, सचिव वकिल विक, कोषाध्यक्ष नवराज बुडाथोकी लगायातले पत्रकार सम्मेलन गर्दै मेलालाई सफल रुपमा सम्पन्न गर्न कनकाई नगरपालिका, स्थानीयवाशी र प्रहरी प्रशासनलाई धन्यावाद दिएका छन । मेलामा केहि प्राविधिक गल्तीका कारण पुल भाचिएको तर मेलामा प्रतिबन्धित जुवाजन्य खेल नखेलाइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
मेलामा वढी चर्चामा रहेको पार्किङ्ग शुल्क वढी लिएको वारेमा समेत मेला आयोजक समितिले स्पष्ट पारेको छ । पार्किङ्ग शुल्क यस अघिका मेलामा समेत मोटरसाईकल राखेको २ सय रुपैँया लिने गरेको आयोजक समितिको दावी छ । अघिल्लो साल ८ लाखमा लगाएको मेला ठेक्कामा समेत मोटरसाईकल राखेको २ सय रुपैँयानै उठाएको भन्दै यसबर्ष १८ लाखको मेला ठेक्का लिदा समेत सो रकम नवढाइएको आयोजकको दावी छ । उक्त रकम एक दिनको नभई मेला अवधिभरको हो । ४ दिन मेला लाग्छ एकपटक काटेको टिकटले ४ दिनसम्म पार्किङ्ग राखेपनि हामीले सुरक्षा प्रदान गरेका हौ यसैले रकम अलिकता वढी भएको देखिएको हो मेला आयोजक समितिका संयोजक ज्ञानेन्द्र चुडालले भने । पार्किङ्गको वारेमा जनगुनासो वढेपछि पार्किङ ठेकेदार विपिन सिटौलालाई प्रहरीले पक्राउ गरेको भनएर केहिबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको समेत आयोजक समितिले जनाएको छ ।
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी