कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिकामा घरमा आगलागी भएर एक्कै घरका तीन जनाको मृत्यु भएको महिना दिन नवित्दै फेरि एक जनाको जलेर मृत्यु भएको छ ।
झापा गौरीगंञ्ज गाउपालिका २ हेमनाडाँगी भन्ने स्थानमा शनिवार राती घरमा आगलागि हुदा ४५ बर्षिय सुनिता टुडुको जलेर मृत्यु भएको हो । शनिवार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतेको अवस्थामा सुतेको नजिक्कै बलिरहेको मट्टिटेलबाट बालिने टुकिबाट आगो सल्किएर आगो ओछ्यानमा आगलागि भइ टुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अनुसन्धानपछि मृत शवलाई आवश्यक परिक्षणका लागि दमक आम्दा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता