अब्दुल सद्धाम
झापा गाउँपालिकामा यस वर्षको इद मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
मदरसा समिति बोर्ड झापा गाउँपालिकाको आयोजनामा भएको इद मिलन कार्यक्रममा मुस्लिम र गैह् मुस्लिम समुदायको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य हिराकुमार थापा रहनुभएको थियो ।
कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेबि बुडाथोकी , नेपाली कांग्रेसका प्रभावशाली नेता देउमान थेबे , राजपा केन्द्रिय सदस्य मोतीलाल कामती , नेपाल महिला संघ केन्द्रिय सदस्य लखीदेवि गणेश , नेपाल कम्युनिष्ट पार्टीका झापा गाउपालिका अध्यक्ष गजेन्द्र ताम्ली , टाघनडुब्बा स्रोत शिक्षक खड्गप्रसाद खरेल , वडाध्यक्ष हरिकुमार बानिया , शिक्षक महासंघ झापा गाउपालिकाका अध्यक्ष जग्गनाथ राजबंशी , डिल्लीराज माविका प्रअ भवदेव राजवंशी , सदरसा समाजका संस्थापक अध्यक्ष ज्याबुल हक , नेपाल मुस्लिम संघ झापाका अध्यक्ष अलि सेख , भानुभक्त सहकारीका अध्यक्ष गोपाल खत्री लगायातका मुस्लिक तथा ग्रह् मुस्लिम अतिथि वक्ताले इद मिलन कार्यक्रमका वारेमा र आपसी सदभावको वारेमा बोल्नु भएको थियो । कार्यक्रममा खुसि साटासाट र कविता वाचन समेत गरिएको थियो । कार्यक्रमको संचालन कलाम सेखले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व सफिउल्ला अन्सारीले गर्नुभएको थियो ।
Trending
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन