कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका २ निवासी युवा समाजसेवी घनेन्द्रराज खनालले आफु पढेको स्कुल सरस्वती माध्यमिक विद्यालय जामुनवारीका विद्यार्थीलाई पुन १७५ थान स्वीटर वितरण गर्नुभएको छ ।
आमा श्रीमती दिक्षा र आमा सहित सरस्वती मावि पुगेका घनेन्द्रले १७५ विद्यार्थीलाई आफ्फै स्कुलमा लाईन लागेकै स्थानमा स्वीटर मात्रै वाढेनन् विद्यार्थीको शरिरमा स्वीटर ठिक हुन्छ कि हुदैँन भनेर आफैँ लगाइसमेत दिए । यसअघि यस्तै कार्यक्रम दक्षिणी झापाको भृकृटी माविमा समेत गरेर खनालले सो विद्यालयमा समेत २८५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिसकेका छन ।
खनालले आफुपनि सोहि विद्यालयमा पढ्दा जाडोमा कतिको सताउथ्यो भन्नेकुरा मनमा आएपछि आफ्नो कमाइबाट जोगाएर यी विद्यार्थीलाई स्वीटर वितरण गरिदिएको वताए । उनले आफु पढेर धेरै माथि पुगेकाहरुलाई कमाईले १ प्रतिशत भएपनि आफु पढेको स्कुलमा खर्च गरेर आत्मसम्मान र धर्म कमाउन समेत सवैसग आग्रह गरे । कार्यक्रम विद्यालयमा सहायक प्रअ निर्मल खनालको सभापतित्वमा भएको कार्यक्रमको संचालन मित्र कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ