कनकाई अनलाईन ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस प्रमुखमा विकासप्रसाद उप्रेतीलाई नियुक्त गरिएको छ ।
शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले उप्रेतीलाई आगामी ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालले जानकारी दिनुभयो । व्यवस्थापन संकाय अन्तर्गत अध्यापनरत उपप्राध्यापक उप्रेतीले २०६२ सालदेखि उक्त क्याम्पसमा कार्यरत रही सहायक क्याम्पस प्रमुख, विश्वविद्यालय अनुदान आयोग अन्तर्गत दोस्रो उच्च शिक्षा परियोजनामा सेप कमिटी सदस्य तथा उच्च शिक्षा सुधार परियोजनामा क्याम्पसको तर्फबाट संयोजक र क्यूएए फोकल पर्सन भई काम गरिसकेका छन् ।
क्याम्पस प्रमुखको रुपमा नियुक्त भइसकेपछि उप्रेतीले प्राध्यापक, अभिभावक, शिक्षासेवी, विद्यार्थी, कर्मचारी, बुद्धिजीवी, राजनीतिक दल तथा चन्दादाताहरुसँग समन्वय गर्दै क्याम्पसको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई शैक्षिक गुणस्तरमा सुधार गर्ने र बाह्य सरोकारवालासँग राम्रो सम्बन्ध कायम राख्दै क्याम्पसको हितमा क्रियाशिल हुने बताए ।
पछिल्लो समय आर्थिक रुपमा झण्डै टाट पल्टिसकेको यस क्याम्पस क्रमश तङ्ग्रीने अवस्थामा आइपुगेको छ । समय सुवाउदो विषय क्याम्पसमा ल्याउन समेत उप्रेती र क्याम्पस अध्यक्ष प्रकाश चुडाल लगायातको सिङ्गो टिम लाग्नुपर्ने माग स्थानीय कनकाई वाशीको रहेको छ । रजत जयन्ती समेत मनाइसकेका यस क्याम्पसमा यसअघि मातृकाप्रसाद सिटौला , टंकप्रसाद कार्की दुइपटक , त्रिलोचन मैनाली र केहीदिन देवेन्द्रकुमार राई समेत क्याम्पस प्रमुख हुनुभएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ