काकडभिट्टा । सामाजिक ब्यक्तित्व तथा नेपाल ओलाम्पीक कमिटिका सदस्य पुष्पा गुरुङ्गलाई आईतावार विभिन्न सघ सस्थाहरुले विदाई गरेका छन् ।
अठोट नेपालका अध्यक्ष समेत रहेका गुरुङ्गलाई आफ्नै निवासमा बिभिन्न सघसस्थाहरुले कार्यक्रम गरि बिदाई गरेका हुन् । हङ्गकङ्ग निबासी गुरुङ्गलाई काकडभिट्टा भेट्रान फुटबल क्लब,काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर , जेष्ठ नागरिक समाज मेचीनगर र तमु छाँेज धिँ गुरुङ्ग राष्ट्रिय परिषद लगायतले खदा पहिर्याई यात्राको शुभकामना ब्यक्त गरेका थिए ।
बिदेशमा रहेरपनि गुरुङ्गले यस क्षेत्रमा हुने खेलकूद, बालबालिका, बाढीपिडीत, जेष्ठ नागरिक लगायतका बिभिन्न खालका गतिबिधिमा भरपुर योगदान पुर्याउदै आउनु भएको कुरा काकडभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले बताउनु भयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ