लीलाराज झापाली
सुरुङ्गा कार्तिक ६ गते । झापाको कनकाई नगरपालिका स्थित कनकाई माईपुव वर्षौदेखि लाग्र्दै आएको छठ पुजाका तयारीका लागि मंगलवार सुरुङ्गा बजारदेखि कनकाई माईसम्म सरसफाई गरिएको छ ।
यसैविच विहीवारदेखि सुरु हुने छठ पुजाको तयारी पुरा गरिसकिएको कनकाई छठ पुजा सेवा समिति सुरुङ्गाले आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । तर छठ पुजाको औपचारिक सुरु भने बुधवारदेखिनै निराहार ब्रत वसेर सुरु हुदैछ । पुजा समितिका संयोजक शिवशंकर महासेठले यस वर्ष कनकाई नदिको पुर्वी तठमा हुने छठ पुजाका लागि ७० वटा घाट बनाइएको तथा वजारदेखि पुजा स्थलसम्मनै श्रृगार तथा गेट निर्माण गरिसकिएको समेत जानकारी दिनुभयो ।
विहिबार दिउसो सुरुङ्गा बजारदेखि सुरु हुने झाकी सहितको र्याली पछि माईमा हुने कार्यक्रममा सताक्षीधाम धार्मिक क्षेत्रका महाराज नन्दकिशोर भारद्वको प्रमुख आतिथ्यतारहने समेत जानकारी गराइएको छ ।
सो दिनको कार्यक्रममा राष्ट्रिय कलाकार तथा छमछमीका कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिने महासपचिव खगेन्द्र महत्तोले बताउँनुभयो ।
पुजालाई सम्पन्न गर्न करिव ६ लाख रुपैँया खर्च लाग्ने र सो रकम जुटाउन पुजा गर्नेहरुबाटै घाट निर्माणवापत केहि खर्च सहयोग मागिने तथा कनकाई नगरपालिका , सहारा नेपाल ,विर्तासिटी हस्पिटलको लाईफ केयर , लगायातका संघ संस्थाबाट आर्थिक सहायाता जुटाईने आर्थिक समितिका कोषाध्यक्ष मुन्ना शाहले बताउँनुभयो ।
यसैगरि २ दिनसम्म चल्ने पुजालाई थप व्यावस्थित बनाउन महासेठको संयोजकत्वमा मुल पुजा समिति , विशाल पंजियारको संयोजकत्वमा युवा परिचालन समिति , मालतीदेवि शाहको संयोगत्वमा महिला परिचालन उपसमिति गरि २५ सदस्यीय पुजा समिति बनाइएको अध्यक्ष पवनकुमार शाहले वताउँनुभयो ।
पत्रकार सम्मेलनमा छठ पुजा सेवा समितिका सचिव दिपेन्द्र प्रधान लगायातले पत्रकारले सोधेको जिज्ञासाको उत्तर दिनुभएको थियो । कनकाई नदिको पुर्वी तठमा लाग्दै आएको छठ पुजामा कनकाई नगरपालिकाको सुरुङ्गा , विर्तामोड नगरपालिकाको चारपाने , अर्जुनधारा नगरपालिकाको खुदुनावारी क्षेत्रका पहाडि तथा तराईमुलका भक्क्तजनहरुले सहभागिता जनाउदै आएका छन । पुजाका लागि कनकाई नदिको वहावलाई समेत जेसिभीको सहायाताले सोध्याउने काम सम्पन्न गरिसकिएको छ ।
तस्वीर ः छठ पुजाका वारेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउँदै सेवा समितिका पदाधिकारी र युवा परिचालन समितिको आयोजनामा बजार क्षेत्र सरसफाई गरिर्दै । तस्वीर ,लीलाराज झापाली \कनकाईँ अनलाईन झापा
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला