कनकाई अनलाईन
सुरुङ्गा । असोज १ गते । विहान सवैरै स्वास्थ्य रहनका लागि रोडमा मनिङ्ग वाकमा जार्दै हुनुहुन्छ सावधान रहनुहोला आइतवार विहान कनकाई नगरपालिका ३ सुरुङ्गामा पुर्वपश्चिम राजमार्गमा व्यायम गर्दा सवारीले ठक्कर दिदा स्थानीय ७७ वर्षिय वृद्ध ऋतुवर्ण भट्टराईको मृत्यु भएको छ ।
भट्टराई नियमित घरदेखि करिव २ किलोमिटरसम्म पैदल हिडेर रोडमै करिव १ घण्टाजति व्यायम गदै आउनुभएको थियो । आइतवार पनि नियमित रोडमा योगा गर्ने क्रममा विहान ५ ः २० वजे को ४ प ९६२६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा भट्टराई सहित मोटरसाईकलमा सवार अन्य २ जना झापा कचनकवल निवासी ३२ वर्षिय विजय रुचाल र सोहि स्थानकी २५ वर्षिय जसोदा रुचाल घाइते वन्नुभएको छ ।
घाइते दुवैको हाल विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक ज्ञानबहादुर विष्टले बताउँनुभयो । मोटरसाईकलको ठक्करले गम्भिर घाईते हुनुभएका भट्टराइको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रनि विष्टले बताउँनुभयो । प्रहरीले अनुसन्धाका लागि थप एक कलेजको वसलाई समेत नियन्त्रणमा लिएको छ ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो