कनकाई अनलाईनमदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा झापाको कमल गाउँपालिका केर्खामा चौथो राष्ट्रिय रिङ्ग रेस्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ । शनिवार हुने प्रतियोगिताको सम्पुर्णं तयारी पुरा गरिसकिएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिनुभयो ।स्थानीय शहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा नेपालका नुवाकोटे टाइगर, प्रथम हेरिटेड…
कनकाई अनलाईनस्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयहरुको कार्यशाला शुक्रबार शिवसताक्षीको दूधेमा सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा भएको कार्यशालाको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले गरेका थिए ।पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यशालाको सहजीकरण महासंघ प्रदेश…
कनकाई अनलाईनशिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् ।गएको मंगलबार बेलुकीदेखि विहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए । विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले तत्कालि राहत तथा आवश्यक सामाग्र वितरण गरेको थियो । उनीहरुको जीउ धनको सुरक्षाका लागि तत्काल…
कनकाई अनलाईनमाटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । हिजो कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेको छ । हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो…
कनकाई अनलाईनकनकाई । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ भmापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ । कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगरपालिका वडा नं। ५ स्थित जैविक आईपिएम कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको…
कनकाई अनलाईनयौन हिंसामा परेका तथा सडक वालवालिकाहरुसग यहाँस्थित बंगाली सवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ । कनकाई नगरपालिका १ स्थित सुस्त श्रवण सरोकार समाज नेपालको आश्रममा रहेका वालवालिकासामु असार १५ को दहि चिउरा खानको साथै वालवालिकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेको हो । बंगाली सेवा समाज कनकाईका…
कनकाई अनलाईन ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी…
कनकाई अनलाईन१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान…
कनकाई अनलाईन१३ असार, काठमाडौं । नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउन थालेको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउन थालेको हो । सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले पूर्वाधार निर्माण सकाएर टनकपुरबाट नेपालतर्फको भूभागमा परीक्षणका रुपमा पानी छाड्न थालेको हो…
कनकाई अनलाईनझापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन भएको छ ।स्थानीय व्यावसायी ठोमनाथ नेपाल(सन्तोस)को अध्यक्षतामा १७ सदस्यीय उद्योग बाणिज्य संघ तदर्थ समिति गठन गरिएको छ ।सोमबार गठित समितिको क्रममा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गणेश,वाणिज्य उपाध्यक्षमा छत्र पाण्डे,उद्योग उपाध्यक्षमा बसुन्धरा थपलिया,महासचिवमा भविन्द्र भण्डारी,उद्योग सचिवमा मनोज खत्री,वाणिज्य सचिवमा लालबहादुर कार्की कोषाध्यक्षमा…