Author: lilaraj

कनकाई अनलाइन झापा,बैशाख १८।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा प्रथम बहुदेश्यीय सहकारी संस्था लिमिटेडले १३० बोरा मुरै सहयोग गरेको छ।संस्थाको शरणामतीमा रहेको साखाले उक्त सहयोग गरेको हो। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ । रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

Read More

कनकाई अनलाइन झापा,बैशाख १८।झापा गाउँपालीका-३ मा पर्ने कामाटोली बजारमा बिहानको समय मानिसको चहलपहल निकै देखिएको छ। झापा गाउँपालीकाले आज देखि लागू हुने गरि अत्यावश्यक सामानको खरिद बिक्री (खाद्यान्न,सब्जी तरकारी फलफूल)मा बिहान ७ बजे देखी १० बजे सम्म मात्र खरिद बिक्री गर्न पाइने नयाँ सर्कुलर जारी गरे संगै बजारमा बिहानको समय यस्तो भिड लागेको हो। गाउँपालीकाले हिजो खाद्यान्न,सब्जी तरकारी फलफूल तथा सहकारीहरु खोल्न तोकीएको मापदण्ड पूरा गरि बिहान ७ बजे देखि १० बजे सम्म मात्र दिइने निर्णयका सन्दर्भमा यहाँका सुरक्षा निकाय संग आव्यश्यक सहजीकरणका लागि अनुरोध समेत गरेको थियो।

Read More

कनकाई अनलाईन१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहँदै आएका नेकपाका हस्तीहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल पार्टी एकता जोगाउन र अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् । पार्टी एकता जोगाउनकै लागि मुख्यमन्त्री शंकर पोखरेल बुटबलबाट काठमाडौं आएर कहिले कोटेश्वर त कहिले खुमलटार गरिरहेका छन् । उनले आवश्यक परे मुख्यमन्त्रीसमेत त्याग्न तयार रहेको नेतृत्वलाई बताएका छन् । अरु नेताहरु पनि दुरी घटाउन लागिपरेका छन् । तर, केपी ओलीकै निकटस्थ रहेका अन्य केही नेताहरु चाहिँ पार्टीमा एकताभन्दा पनि मुठभेड निम्त्याउने तयारीमा छन् । उनीहरु विभिन्न सांसदलाई लिएर बालुवाटार जाने र संसदीय दलमा प्रधानमन्त्रीलाई बहुमत पु¥याइन्छ,…

Read More

कनकाई अनलाईनकाठमाडौँ–बारा र पर्सामा कोरोना भाइरसका चार सङ्क्रमित फेला परेका छन् । ती जिल्लामा दुई दुई जना सङ्क्रमित भेटिएका हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बुधवार कोरोनाका चार जना नयाँ सङ्क्रमित थपिएको बताए । उनका अनुसार चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन्। सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका उमेरका छन्। सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ । थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ । पूर्णरुपमा स्वस्थ…

Read More

कनकाई अनलाईनझापा बजार व्यावस्थापन समितिले आफ्नो बजार क्षेत्रमा कोरोना संक्रमणबाट वच्नका लागि विभिन्न ७ स्थानमा हातधुने पानीका लागि ट्याङ्की र साबुन राखेका छन । कनकाई उद्योग बाणिज्य संघकै मातहतमा रहेपनि कनकाई उद्योग वाणिज्य संघबाट सहयोग नपाएपछि आफ्नै लगानीमा आफ्ना व्यावसायी र जनताका लागि झापा बजार आसपासका विभिन्न ७ स्थानमा ट्याङ्गी राखेको झापा बजार व्यावस्थापन समितिका अध्यक्ष बिकास अग्रवालले बताउँनुभयो । बजार क्षेत्रमा अन्य विकासप्रेमी सामाजिक व्याक्तित्वहरुको सहयोगमा बजारमा फोहोर फ्याक्ने डस्विन समेत राखिएको बजार व्यावस्थापन समितिका उपाध्यक्ष मनोज खत्रीले बताउँनुभयो । झापा बजार व्यावस्थापन समितिमा हाल १ सय ३८ जना सदस्य रहेको बजार व्यावस्थापन समितिका बरिष्ठ उपाध्यक्ष चन्द्रदेव यादवले बताउँनुभयो…

Read More

कनकाई अनलाईनसुरुङ्गा क्षेत्रमा खटिएका ५ जना पत्रकारलाई गरमकाली पेट्रोल पम्पका संचालक तथा कनकाई उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले निशुल्क इन्धन पेट्रोल प्रदान गर्नुभएको छ । पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापालीको संयोजनमा यस क्षेत्रका सक्रिय पत्रकारहरु गोरखापत्र दैनिकका लीलाराज झापाली, पुर्वाञ्चल दैनिक तथा अनलाईनका पत्रकार तीर्थराज खरेल, जनसंसद दैनिकका पत्रकार रामप्रसाद निरौला , कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईँ र आगन एफएफमका समाचार वाचक चन्द्र बस्नेतलाई फुल ट्याङकीका दरले पेट्रोल प्रदान गर्नुभएको हो । पोखरेलले पत्रकारले सुचना संकलन राहत वितरण लगायातको क्रियाकलापमा निरन्तर खटिनुभएकोले पत्रकारको सहजताको लागि आफुले सहयोग गरेको मेची पेट्रोल डिलर्स एशोसिएसनका सदस्य समेत रहनुभएका पोखरेलले…

Read More

कनकाई अनलाइन झापा,बैशाख १६।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका अन्तर्गत पर्ने साहारा नेपाल साकोषमा कार्यरत कर्मचारीहरुले संयुक्तरुपमा बीस हजार पाँच रुपैयाँ सहयोग गरेका छन। एक विशेष कार्यक्रमका बिच कर्मचारीहरुले उक्त रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गरेका थिए।अध्यक्ष जयनारायण शाहले सबै दाताहरुलाई धन्यबाद समेत दिएका थिए। कर्मचारीहरु झापा गाउँपालीका-४ का सन्तोष प्रसाद गणेश,झापा गाउँपालीका-२ का महेश शाह,झापा गाउँपालीका-६ का कुल प्रसाद प्रसाईं(कमल) र झापा गाउँपालीका-२ का शेर बहादुर कटुवाल(बाबुराम) ले सयुक्तरुपमा उक्त रकम प्रदान गरेका हुन। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा…

Read More

कनकाई अनलाइन झापा,बैशाख १६।बाह्रदशी र दमकमा कोरोना संक्रमित देखिँदा झापा गाउँपालीकामा लकडाउनलाई कडा पारिएको छ। यहाँका चोक बजारमा सुरक्षाकर्मी शसक्तरुपमा परिचालन भएका छन।बिहान ६ बजे देखि ९.५९ बजे सम्म मात्र अत्यावश्यक सामान खरिद गर्न दिइएको छ।त्यसपछी मानिसको आवतजावत र आवागमनलाई पुर्णरुपमा नि:शेध गरिएको छ।अत्यावश्यक साधनहरुलाई मात्र सडकमा कुद्न दिइएको कुमरखोद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताए। गत आइतबार बाह्रदशी गाउँपालीका-४ का एक मुस्लिम समुदायका व्यक्तीमा कोभिड-१९ को संक्रमण देखिए पछी झापा गाउँपालीकाले पनि सावधानी अपनाएको हो।गाउँपालीकाको निर्देसन वमोजिम गाउँपालीकाका वडा समितीहरुले लकडाउनमा कडाइ गर्न सुरक्षाकर्मीहरु संग समन्वय गरेर उक्त निर्णय गरेका हुन। झापा गाउँपालीकाले यस संकटको घडीमा…

Read More

कनकाई अनलाइन झापा,बैशाख १६।झापा गाउँपालीका-३ मा पर्ने सिमलबाडीमा आगलागी हुँदा एक राइस मील र एक घर जलेर ध्वस्त भएका छन।लालप्रसाद राजबंशीको जयसन्तोषी राइस मील र मीलकै छेउमा रहेको प्रलाद मण्डलको घर जलेर ध्वस्त भएको हो। आज बिहान करिब तीन बजे तिर लागेको आगोले राईस मील जल्दा करिब साढे छ लाखको क्षति भएको राइस मीलका संचालक लालप्रसाद मण्डलले कनकाई अनलाइनलाई बताए।राइस मीलकै छेउमा रहेको प्रलाद मण्डलको घर पुर्णरुपमा जलेर ध्वस्त भएकाले करिब पन्ध्र लाख बराबरको क्षति भएको मण्डलले बताए। आगो निभाउन स्थानीयबासी तथा दमकलले प्रयत्न गरे पनि घर र मील पुर्णरुपमा जलेर ध्वस्त भएको हाम्रा स्थानिय सहयोगी धिरजनारायण गणेशको भनाइ छ।…

Read More

कनकाई अनलाइन झापा,बैशाख १५।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी मुन्नाप्रसाद शाहले पन्ध्र हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको छ । शाहले एक विशेष कार्यक्रम वीच उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो। यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको शाहले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो। शाह झापा बजारमा रहेको आर्यन मेडिसिन सेन्टरका प्रोपाइटर समेत रहनु भएको छ। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न …

Read More