Kanakai Online

नेपाल भारत सिमाबाटसामान नल्याएपनि भित्रिन्छ लागुऔषध ६९ ग्राम बरामद


मङ्गलवार, जेठ १९, २०८३ |

कनकाई अनलाईन
नेपाल भारत खुल्ला सिमाबाट सरकारले एक सय भन्दा वढी मुल्यका सामानहरु ल्याउन प्रतिबन्ध लगाएपनि नाका नाकाबाट ठूलो मात्रामा लागूऔषध र अन्य सामाग्रीहरु भने भित्रिने गरेको पाइएको छ ।

सोमवार साँझ ५ बजे कचनकवल . वडा न ६ बनियानीमा भारत किसनगंज जिल्ला दलेगाउँ पञ्चायत वडा नं.१ बस्ने २० वर्षीय युबेद राजालाई जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरोको कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

राजाको साथबाट प्लाष्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर र बीआर ३२ भी ६९०९ नं. को मोटरसाइकल बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिप्रका झापामा ल्याइएको छ ।
यसैगरि इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले भारतीय बजारबाट नेपाल ल्याउदै गरेका विभिन्न प्रजातिका मरेका माछाहरु १४० केजी बरामद गरि पत्रकार र जनप्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाकै टोली भारतीय बजारबाट नेपाल भित्राउदै गरेको २२ बोरा युरिया मल समेत वरामद गरि जिल्ला प्रहरीमा बुझाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायक निरिक्षक रवि राईले बताउँनुभयो ।