कनकाई अनलाईन
आफू बस्ने अगाडिको सिटमा राखेर नाबालिकालाई ‘ब्याड टच’ गर्ने एकजना सिटी सफारीका चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्काई ३ बस्ने ५० वर्षीय दिलकुमार प्रधान रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । हिजो साँझ कन्काईको भुरुङ्गाबाट ६ जना किशोरीहरु पिकनिक खाएर फर्किदा प्रधानको सिटी सफारीमा चढेका थिए । उनले पाँचजनालाई पछाडिपट्टि र एकजनालाई आफू बस्ने सिटमा राखेका थिए । छेउमा बसेकी किशोरीलाई उनले यौन दुव्र्यवहार गरेको बताइएको छ ।
ती किशोरीले घटनाबारे जानकारी दिएपछि हिजै साँझ प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो । उनलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी जनाएको छ । गाडी चालकहरुले महिलालाई आफूसंगै राखेर यौन दुव्र्यवहार गर्ने गरेको पाइएको छ ।


