कनकाई अनलाईन
६ महिना अगाडि कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई शान्ति सुरक्षाका लागि भन्दै दिएको चारचक्के सवारी आजबाट फिर्ता लिएको छ ।

नगरपालिकाले भएको एउटा सवारी पनि पत्र पठाएर फिर्ता लगिदिएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका लागि अब गस्ती गर्न र अपराधिक क्रियाकलाप नियन्त्रणका लागि निक्कै सकस बनेको छ ।
कनकाई नगरपालिकाले ६ महिना अगाडि उपप्रमुख आशाशर्मा शिवाकोटीले प्रयोग गर्दै आइरहेको रातो रङ्गको बोलेरो जिप विशेष कार्यक्रमका विच पत्रकार सम्मेलनको आयोजना गर्दै इलाका प्रहरी कार्यालय सुरुङ्गालाई दिएको हो । त्यसवेलाको समयमा समेत इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखका रुपमा सुवास ढुङ्गाना रहनुभएको थियो । हाल पत्र बुझेर गाडी फिर्ता दिनेवेला समेत प्रहरी प्रमुखका रुपमा ढुङ्गानानै रहनुभएको छ । ढुङ्गानाले पछिल्लो समय यस क्षेत्रमा आफुले ठुल्ठुलो सर्च अभियान सञ्चालन गरेर लागुऔषध र कारोवारीलाई नियन्त्रणमा लिन सफल बनिरहेको वेलामा नगरपालिकाले भएको एउटा सवारी समेत लगिदिएपछि कसरी शान्ति सुरक्षा गर्ने भन्ने चिन्ता थपिएको बताउँनुभयो । गस्तीका लागि अब आफुहरुसग नगरपालिकाले दिएको एक थान मोटरसाईकल रहेको र त्यसमा अपराधिहरु ल्याउन नसकिने अवस्था रहेको ढुङ्गानाले बताउँनुभयो । एकजना चालक हुन्छन उनलाई समातेर बस्दा त ३ जना भइहालियो नि हामीले नियम कानुन पनि मान्नै पर्यो ढुङ्गानाले भन्नुभयो ।

यता इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिजय श्रेष्ठले इलाका बिर्तामोड समेत सवारी अभावमा रहेको बताउँदै आफुहरुलाई भने विर्तामोड नगरपालिकाले अहिलेसम्म चारचक्के सवारी दिइरहेको बताउँनुभयो । नगरपालिकाले यसरी गाडी नलगिदिएको भए हुने हामीले त अनुरोध गरेका थियौ अब माथिल्लो निकायमा जानकारी गराउँने हो हेरौ गाडि आउछ कि श्रेष्ठले भन्नुभयो ।
यता नगरपालिकाले अनुगमन गर्न नगरलाई सवारी अपुग भएको भन्दै प्रहरीलाई दिएको गाडी तानिदिसगै सामाजिक सञ्जालमा नगरपालिकाको यस कार्यको चर्को विरोध सुरु भएको छ । कतिपयले जनप्रतिनिधिलाई भन्दा प्रहरीलाई सवारीको वढी जरुरत पर्ने भन्दै कुनै संघ संस्थाले प्रहरीलाई गाडी किन्ने अभियान चलाएमा आफुहरुले नगद सहयोग गर्ने भन्दै घोषणा समेत गरेका छन ।

यता सवारी फिर्ताको पत्र पठाएरै सवारी फिर्ता लगेपछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरेर गाडी फिर्ता लैजानुको कारणवारे प्रष्ट पारेका छन । पोखरेलले नगरपालिकाले गाडी दिदै ६ महिनाका लागि भनेर किटान गरेर दिएको र अहिले गाडी दिदा नगरपालिकालाई अनुगमन लगायतमा समस्या भएकोले गाडी फिर्ता लिएको बताउँनुभयो । प्रहरी संघिय सरकारको मातहतमा रहने भएकोले यसको प्रबन्ध समेत संघको सरकारले गर्ने नगरप्रमुख पोखरेलको भनाई थियो । पोखरेलले प्रहरी गाडी विहिन हुनु दुखद भएको बताउँदै चाडै अर्को सवारी साधनको व्यावस्थापन गर्नका लागि कनकाई नगरपालिकाले समेत सक्दो प्रयास गरिरहेको बताउँनुभयो । नगरपालिकाले यसअघि समेत एउटा आफुले चढने गाडी प्रहरीलाई दिइसकेको बताउँदै अहिले दोस्रो पटक समेत उपप्रमुखले चढने गाडी समेत दिएपनि कानुनी अल्झन लगायातका कारण गाडी फिर्ता लिनुपरिरहेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । नगरप्रमुख चढने पहिले प्रहरीलाई दिएको गाडी भने जेन्जी आन्दोलनका दौरानमा आन्दोलनकारीद्धारा जलाइएको थियो ।

यता सवारी साधन फिर्ता लिनुपरेको कारणवारे बोल्दै कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपानेले उपप्रमुख चढने गाडी इलाका प्रहरी सुरुङ्गालाई कार्तिक २३ गतेको कार्यपालिकाको निर्णय गरेरै ६ महिनाकाा लागि दिएको र अहिले कार्यपालिका बैठक गरेरै फिर्ता ल्याइएको बताउँनुभयो । त्यसवेला समेत केहि समयभित्र इलाका प्रहरीलाई नयाँ गाडीको प्रबन्ध हुने विश्वासका आधारमा ६ महिनाका लागि गाडी दिएको तर यो विचमा कुनै व्यावस्था नभएपछि फिर्ता लिनुपरेको बताउँनुभयो । हामीले प्रहरीलाई यसअघि समेत एउटा बोलेरो मेयर साहेव चढने गाडि दिएका थियौ । दुभाग्यवश आन्दोलनका दौरानमा गाडी जल्यो दोस्रो गाडी पनि ६ महिनाका लागि दिएका थियौ अर्को गाडीको प्रबन्ध हुन सकेन हामीलाई अहिले विकास निर्माण लगायातको अनुगमनका लागि सवारी चाहिएको र ६ महिना अवधि समेत पुगेकोले फिर्ता ल्याएका हौ , न्यौपानेले भन्नु्भयो । हामीले अठारौ कार्यपालिकाको बैठक वैशाख २२ गतेको निर्णयबाटै सवारी फिर्ता लिएका हौ । न्यौपानेले भन्नुभयो ।
प्रहरीकोबाट सवारी लिनका लागि नगरपालिकाले कर्मचारीलाई इलाका प्रहरीमै पठाएको थियो भने प्रहरीले समेत पत्र बनाएरै गाडीको चाबी गाडी जिम्मा लगाएको थियो ।


