कनकाई अनलाईन
यस बर्षको एसईई परिक्षामा सामुदायिक विद्यालयतर्फ कनकाई २ स्थित सरस्वती माविले उत्कृष्ट नतिजा ल्याएको छ ।
कुल २० जना विद्यार्थी सहभागि भएकोमा विद्यालयले १४ जना विद्यार्थीलाई उत्तीर्ण बनाएसगै नगरका अन्य सामुदायिक विद्यालयको भन्दा सरस्वतीको नतिज सर्वोकृष्ट बनेको कनकाई नगरपालिका शिक्षा साखाले जनाएको छ । संस्थागततर्फ भने ग्लोबल एडुकेयरले सर्वोकृष्ट नतिजा ल्याएको नगर शिक्षा कार्यालयले जनाएको छ ।
७ वटा सामुदायिक विद्यालय र १४ वटा संस्थागत विद्यालयहरुले यसपटकको एसईई परिक्षामा सामेल बनेका थिए ।
जसमा सरस्वती माविका विद्यार्थीहरु ७० प्रतिशतले उत्र्तीण गरेका हुन । सामुदायिक विद्यालयतर्फ कनकाईको हिमावि विद्यालय लक्ष्मीपुरका विद्यार्थीहरु सबैभन्दा कम उर्तीण भएका छन । जहाँ १३ प्रतिशत मात्रै विद्याथीै उत्र्तीण भएका छन । ्
यसैविच विद्यालय परिवारले परिक्षामा सहभागि भएर उत्कृष्ट नतिजा ल्याउनुहुने विद्यार्थीहरुलाई विशेष कार्यक्रम गरी सम्मान गरको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले विद्यालयका तर्फबाट सर्वोकृष्ट नतिजा ल्याउनुहुने विद्यार्थी आशिका अधिकारी ३.३१ जिपिएलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो ।
विद्यालयका शिक्षक सूर्यप्रसाद अधिकारीले सञ्चालन तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पशुपति आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयका विद्यार्थीले समेत उत्कृष्ट नतिजा ल्याउन सक्छन र विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध बन्न सकेको खण्डमा राम्रो नतिजा आउन सक्ने प्रमाणित सरस्वती माविले गरेको बताउँनुभयो ।
सहभागि विद्यार्थीहरुको उज्जल भविष्यको कामना गर्दै विद्यालयका प्रअ नारायणप्रसाद अधिकारीले गर्नुभएको थियो ।
यसैविच विद्यालयमा निरन्तर रुपमा विद्यार्थीहरुको शैक्षिक अवस्था सुधारका लागि ४५ दिनसम्म खाजा र खाना खुवाउनुहुने अभिभावक तथा जामुनवारी सामुदायिक वन समुहका सचिव दिपक ओलीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।


