Kanakai Online

मनकारी लायन्सकर्मी, जसले दुबै हातखुट्टा गुमाएका उमेशलाई दिए ५१ हजार सहयोग


बिहिवार, वैशाख ३१, २०८३ |

कनकाई अनलाईन
वैदेशिक रोजगारीका शिलशिलामा महिनादिन पहिले मात्रै दुबै हातखुट्टा गुमाएका झापा कनकाई नगरपालिका ५ बेनुबाजाका २६ बर्षिय युवा उमेश खातीको जीवनयापन र औषधि उपचारका लागि यहाँस्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गा, दुर्गापुर र लायन्स क्लव इन्टरनेशनल ३२५ सी का अन्य सदस्यबाट नगद ५१ हजार रुपैँया आर्थिक सहयोग प्रदान भएको छ ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष समेत रहनुभएका लायन्स क्लव अफ इन्टरनेशनल ३२५ सी का गर्भनर समेत रहनुभएका लीला चिमरियाले उक्त रमक पिडित उमेशको घरमै पुगेर विशेष कार्यक्रमको आयोजना गर्दै हस्तानतरण गर्नुभएको हो ।
उक्त अवशरमा चिमरियाले उमेश खाती र उ जस्ता सयौ हातखुट्टा गुमाएकाहरुका लागि यसैबर्षभित्र निशुल्क हातखुट्टा लगाउने क्याम्प समेत राख्ने घोषणा गर्नुभयो । चिमरियाले हातखुट्टा गुमाएका उमेशलाई आफुहरु र लायन्स क्लवले निरन्तर सहयोगको वाचा समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै दुबै हातखुट्टा गुमाउनुभएका उमेश खातीले बोल्दै आफु पहिले हातखुट्टा गुमाउनु पर्दा ज्यादै निराश उदास भएको बताउँदै अहिले आएर सबैको साथ सहयोग र मायाका कारण आफुमा थप उर्जा मिलेको बताउँनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ कनकाईका पुर्व अध्यक्षहरु रुपनारायण खतिवडा रमेश, मनोज बस्नेत, साजन थापा, लायन्स क्लव अफ दुर्गापुरका अध्यक्ष भुवन खतिवडा लगायातको सहभागिता रहेको थियो ।

दुबै हातखुट्टा गुमाएका उमेशलाई छोरीको शिक्षा प्रदान गर्ने हाल बेल्जियाममा रहनुभएका शिव दाहालले अध्ययान गराईदिने घोषणा गर्नुभएको छ भने अन्य दाताहरुले स्वदेश तथा विदेशबाट रकम सहयोग प्रदान गर्दै आउनुभएको छ ।

सम्बन्धित खबर