Kanakai Online

बुद्धशान्ति गाउँपालिका बिजयी


मङ्गलवार, वैशाख २९, २०८३ |


कनकाई अनलाईन
झापाको सुरुङ्गामा जारी आठौ पालिका स्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा बुद्धशान्ति गाउँपालिका बिजयी बनेको छ ।
बुद्धशान्तिले शिवसताक्षीको चुनौती २—० गोल अन्तरले पन्छायो ।
खेलमा बुद्धशान्तिका तर्फबाट अंशु लिम्बु र दिपेश बर्देवाले आफ्नो टिमका लागि गोल गर्नुभयो । खेलको म्यान अफ द म्याच बिजयी टिम बुद्धशान्तिका आयुश राई हुनुभयो । उहाँलाई कनकाई ३ टप्पुमा अवस्थित फुलनारद डेन्टल एण्ड आईकेयरका सञ्चालक भवानी लुईटेलले नगद २ हजार १ सय रुपैँया प्राप्त गर्नुभयो । भोलीको खेल बाह्रदशी गाउँपालिका र कमल गाउँपालिकाविच हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका सचिव रामप्रसाद निरौलाले बताउँनुभयो ।
स्थानीय कनकाई माविको खेल मैदानमा सञ्चालन भइरहेको कनकई नगरकप फुटबलमा झापा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । बिजयी तथा उपबिजयी हुने टिमलाई नगद १ लाख २० हजार र ७५ हजार रुपैँया प्राप्त गर्ने छन । प्रतियोगिता सम्पन्न गर्नका लागि कनकाई नगरपालिकाले नगद ४ लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित खबर