Kanakai Online

सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी


शनिवार, वैशाख २६, २०८३ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा आजबाट कनकाई कप सुरु भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा कनकाई नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।


कनकाईले गौरीगञ्ज गाउँपालिकाको टिमलाई २—१ गोल अन्तरले हराएको थियो । निक्कै रोचक बनेको खेलमा कनकाईका रोचन लिम्बुले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई नाम जस्तै रोचक बनाए । सुरुवातमै गोल खाएर अत्तालिएको गौरीगञ्जले आफ्नै गोलपोस्टभित्र खेलको १५ मिनेटमै अर्को गोल गर्न पुग्यो । पहिलो हाफमा २—० गोल अन्तरले पछाडि परेको गौरीगञ्जले दोस्रो हाफमा केहि सम्मालिन खोजेको थियो । दोस्रो हाफको १८ औ मिनेटमा सागर खड्ुकाले गोल गर्दै खेलमा फर्कने संकेट गरेपनि उक्त गोल शान्तना गोलमा परिणत भयो ।


खेलको म्यान अफ द म्याच बिजयी कनकाई नगरपालिकाका खेलाडी विक्रम मुर्मु हुनुभयो । उहाँलाई राधाकृष्ण फार्मेसीका सञ्चालक नारायण कट्टेलले नगद २ हजार १ सय रुपैँया प्रदान गर्नुभयो ।
भोलीको दाुेस्रो दिनको खेल अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिकाबिच हुने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताउँनुभयो ।
उद्घाटन खेल कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, वडाअध्यक्षहरु य्ुवराज चम्लगाई, रोषन सुवेदी, लक्ष्मी ओली लगायातले गर्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथि कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले प्रकाश पार्नुभएको खेलप्रतियोगितामा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आगामी जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख २० हजार तथा दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष डम्बर फुयाँलले जानकारी दिनुभयो । प्रतियोगितामा झापाका १२ पालिकाहरुको सहभागिता रहेको खेल समन्वय समितिका संयोजक दिलकुमार कार्कीले बताउँनुभयो । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको यस प्रतियोगिता यो आठौ संकरण हो ।