Kanakai Online

बेनुबाजा अंग्रेजी मावि यसपटक पनि सतप्रतिशत


बुधवार, वैशाख ३०, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ मा अवस्थित बेनुबाजा अंग्रेजी माविले अघिल्ला बर्षहरुकाझै यसपटक समेत एसईईको परिक्षामा सतप्रतिशतको नतिजालाई निरन्तता कायम गरेको छ ।
एसईई परिक्षा २०८२ को सार्वजनिक गरेका नतिजामा बेनुबाजा अंग्रेजी माविको नतिजा सतप्रतिशत भएको हो ।
२० जना विद्यार्थी सहभागि भएकोमा १० जना विद्यार्थीले ए ग्रेट र बाकी १० जना विद्यार्थीले बी प्लस ग्रेट ल्याएका हुन ।
२०५७ सालमा ग्रामिण क्षेत्रमा स्थापना भएको यस विद्यालयमा २०७४ सालबाट एसईई परिक्षामा विद्यार्थीहरु सहभागि हुदै आएकोमा एक बर्ष बाहेक हरेक पल्ट सहभागि भएका विद्यार्थीहरुले सतप्रतिशत नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल बिनोद सुब्बाले बताउँनुभयो ।


विद्यालयले किताबी ज्ञानभन्दा पनि बढी विद्यार्थीलाई व्यावहारिक ज्ञानको शिक्षा दिने गरेको तर कक्षा १० सम्म सञ्चालनमा रहेको यस विद्यालयमा एसईईको परिक्षामा समेत अब्बल नतिजा ल्याउनु नगरकै गौरवको विषय भएको विद्यालयका अध्यक्ष प्रेम बिमलीले बताउँनुभयो ।
विद्यालयमा कक्षा ८ बाट हाउस वाइरिङ्ग सम्बन्धि आधारभुत ज्ञान सीपका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ भने विद्यार्थीहरुलाई सानै उमेरदेखि व्यावसायिक कृषिको ज्ञानका लागि लिजमा लिएर आलु खेती समेत विद्यार्थीहरुले गर्दै आएका छन । विद्यालयको महिला भलिबल, पुरुष भलिबल, कराते, लगायातका खेलकुदमा जिल्लामै उत्कृष्ट नतिजा समेत ल्याउने गरेको छ ।
ग्रामिण क्षेत्रमा रहेर समेत शहरका अन्य विद्यालयको भन्दा उत्कृष्ट शिक्षा र विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानसीप दिदै आइरहेको यस विद्यालय परिवारलाई हाम्रो पनि बधाई शुभकामना ।

सम्बन्धित खबर