
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित प्यारागन एकाडेमीका सुभम तिम्सिनाले २०८२ सालको एसईई परिक्षामा ४ जिपिए ल्याउन सफल बनेका छन ।
उनी कनकाई नगरपालिकाकै सर्वोकृष्ट विद्यार्थी समेत बन्न सफल बनेका छन ।
हिजो राती मात्रै सार्वजनिक भएको एसईई परिक्षामा उनीले उक्त परिणाम ल्याएर स्कुलको मात्रै नभएर समग्र कनकाई नगरपालिकाकै नाम राख्न सफल बनेका प्यारागन एकाडेमीका प्रिन्सिपल दिपक भट्टराईले बताउँनुभयो ।
उनी पहिलेदेखिनै अध्यान र अतिरिक्त क्रियाकलापमा सधै अब्दल रहेको प्रिन्सिपल भट्टराईले बताउँनुभयो ।
यस विद्यालयबाट उनीसहित ८ जना विद्यार्थीले ए प्लस जिपिए ल्याएको यसैगरी ३० जना विद्यार्थीले ए जिपिए र ९ जना विद्यार्थीले वि प्लस जिपिए ल्याएका छन ।



