कनकाई अनलाईन
वैदेशिक रोजगारीका शिलशिलामा दुबै हात र खुट्टा गुमाएका झापाको कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवा उमेश खातीलाई गाउँ गाउँबाट थप सहयोग जुटनेक्रम जारी छ ।

यसैविच कनकाई नगरपालिका ३ स्थित ग्रामिण विकास सेवा समितिबाट संकलित नगद १३ हजार २ सय ११ रुपैँया उमेश खातीको घरमै पुगेर हस्तानतरण गरिएको छ ।
समाजका अध्यक्ष सुवास डाँगीका अनुसार समाजका हरेक सदस्यहरुबाट संकलित रकमलाई उमेशको घरमै पुगेर हस्तानतरण गरिएको हो ।
जसमा सहयोग गर्ने दाताहरुको नामावली निम्न अनुसार रहेको छ ।

समितिका अध्यक्ष डाँगी, उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई, सचिव डिल्लीराम बास्कोटा, सहसचिव मन्जु खड्का, कोषाध्यक्ष दुर्गा प्रसाई, सदस्यहरु मिना अधिकारी, जंगबहादुर थापा, मनिस पुरी, कुमार खतिवडा, केशव पोखरेल, दिपककुमार खतिवडा लगायातको सहभागिता रहेको थियो । सहयोगी दाताहरुलाई दुबै हात र खुट्टा गुमाएका उमेशका पिता टेकबहादुर खाती कामीले धन्यावाद दिनुभएको थियो । यता पिडित युवाको परिवार र उनको आलो घाँउमा थोरै भएपनि मल्हमपट्टि लगाउन आफुहरु यहाँ सहयोग लिएर आएको ग्रामिण विकास सेवा समितिका अध्यक्ष सुवास डाँगीले बताउँनुभयो ।


