Kanakai Online

कनकाई नगरकप, बिर्तामोड बिजयी


सोमवार, वैशाख २८, २०८३ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा जारी आठौ कनकाई कप पालिकास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा बिर्तामोड नगरपालिका बिजयी भएको छ ।
बिर्तामोडले हल्दिवारी गाउँपालिकाको टिमलाई १—० गोलको कठिन जित निकाल्दै दोस्रो चरणमा प्रवेश पाएको हो । बिर्तामोडका लागि एकमात्रै बिजयी गोल खे सौरभ लिम्बुले गर्नुभएको थियो । उहाँनै खेलको म्यान अफ द म्याच हुनुभयो । उहाँलाई समाजसेवी नारायण पोखरेलले नगद २ हजार १ सय रुपैँया प्रदान गर्नुभयो ।
भोलीको खेल बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाविच हु्ने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले बताउँनुभयो । झापाका १२ पालिकाका सहभागिता रहेको यस प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २० हजार र दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने छ । खेलका लागि कनकाई नगरपालिकाले नगद ४ लाख आर्थिक सहयोग गरेको छ ।