Kanakai Online

दुबै हातखुट्टा गुमाएका उमेशकी छोरीलाई उच्च शिक्षासम्म शिव दाहालले पढाईदिने


सोमवार, वैशाख २८, २०८३ |

कनकाई अनलाईन
वैदेशिकि रोजगारीका शिलशिलामा दुबईको अवुधाविमा दुबै हात खुट्टा गुमाउनुभएको झापा कनकाई नगरपालिका ५ बेनुबाजाका २६ बर्षिय उमेश खातीको छोरी युनिसाको सम्पुर्ण उच्च शिक्षा सम्मको खर्च हाल बेल्जियमा रहदै आउनुभएका झापा कनकाई ५ तुलसीवारीका युवा शिव दाहालले व्यहोर्नुहुने भएको छ ।
विशेष कार्यक्रमको आयोजना गर्दै उमेश खातीको घरमै पुगेर उमेशकी १७ महिनाकी छोरी युनिसालाई कक्षा १२ सम्म जहाँ पढेपनि उनको अध्ययान खर्च स्टेशनरी र ड्रेस वापतको खर्च व्यहोरीदिने घोषणा गर्नुभएको हो ।
अध्ययान घोषणा कार्यक्रममा कनकाई नगरपालिका ५ का जनप्रतिनिधि तथा यस उमेश खाती बचाउ अभियान समेत सञ्चालन गरिरहेका डिल्लू उप्रेती, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापाली, स्थानीय युवा राजु खड्का लगायातको उपस्थिति रहेको थियो ।


घोषणा कार्यक्रममा दाता परिवारको तर्फबाट शिव दाहालका भाई अनुप भट्टराई, र जानम भण्डारीको उपस्थिति रहेको थियो ।
उक्त घोषणा शिव दाहालले आफ्नी छोरी शिवानिया दाहालको जन्मदिनको अवशर पारेर गर्नुभएको हो । उहाँले जन्मदिनको अवशरमा जन्मदिन मनाउने फजुल खर्च वापतको १० हजार नगदै समेत उमेशको स्वास्थ्य उपचारका लागि प्रदान गर्नुभएको थियो ।
यता छोरीको अध्यायन खर्च दाता परिवारबाट व्यार्होने भएपछि दुबै हातखुट्टा गुमाएका उमेशले आफुलाई हातखुट्टामा लागेको चोट भन्दा छोरीको भविष्य देखेर मनमा लागेको चोट ठुलो भएकोमा अव भने आफु ढुक्क हुन सकेको बताउँनुभयो ।
यता कनकाई ५ का वडासदस्य डिल्ली उप्रेतीले उमेश खातीको हात खुट्टा मात्रै गुमेको तर यहाँका सहयोगी दाजुभाई दिदीबहिनीहरुको आट भरोसा र विश्वास नगुमेको भन्दै खाती परिवार र उमेश खातीको जीवन विच्चैमा अलपत्र पार्न यो समाजले नदिने बताउँनुभयो ।
यसैविच स्वदेश तथा विदेश खासमा यस क्षेत्रका धार्मिक संघ संस्था र मन्दिर भजन मण्डलीहरु उमेशको घरमै पुगेर तथा विदेशमा रहनुहुने नेपाली दाजुभाईहरुबाट उनका पिता टेकबहादुर खाती कामीको क्यीआरमा रकम हालेर दैनिक सहयोग गरिरहेका छन । उमेशको रोजगराीका क्रममा दुबईको राजधानी अबुधाविमा रहदा प्राण घातक रोग लागेर दुबै हात र खुट्टा गुमाउनु परेको थियो ।