कनकाई अनलाईन
वालवालिका लक्षित बिर्तामोडमा खोलिएको चिल्ड्रेन अस्पताल बिर्तामोडले आगामि वैशाख ७ गतेदेखि २१ गतेसम्म भव्य वालस्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । अस्पताल प्रशासनले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै झापा र छिमेकी जिल्लाका वालवालिकाहरुलाई समेत लक्षित गरेर यसप्रकारको शिविरको आयोजन ागर्न लागिएको अस्पतालका प्रबन्ध निर्देशक डाक्टर रुपक आचार्यले जानकारी दिनुभयो । अस्पतालले जुनसुक्कै आर्थिक अवस्थाका वालवालिकाहरुका लागि सहज स्वास्थ्य उपचारको व्यावस्था हुनुपर्नेमा जोड दिएको बताउँदै वालवच्चाहरुमा समस्या देखिदा र विरामी हुदा मात्रै अस्पताल लैजाने चलनको अन्य हुनुपर्ने भन्दै स्वास्थ्य शिविरको आयोजना राखिएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डाक्टर सुजता मैनाली आचार्यले बताउँनुभयो । स्वास्थ्य शिविरमा वालवच्चाको जुनसुक्कै समस्याहरुको पहिचान र ल्याव टेस्टमा समेत छुट र ओपिडी सेवालाई समेत पुर्णतय निशुल्क गरिएको मैनालीले बताउँनुभयो । शिविर अवधिभर ओपिडी सेवा निशुल्क, ल्याबसेवामा २० प्रतिशत छुट, विपन्न तथा ग्रामिण सेवाग्राहीका लागि समेत जुनसुक्कै सेवामा २० प्रतिशत छुट, स्थानीय सरकार सग समन्वयमा गाउँ टोलमा समेत यसप्रकारको स्वास्थ्य शिविर गरिने समेत बिर्तामोडमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अस्पतालले सरकारले तोकेको १० प्रतिशत विपन्न बेडलाई निशुल्क राखिएको र २४ घण्टा सेवालाई निरन्तता दिएको बताइएको छ । पत्रकार सम्मेलन अस्पतालका अध्यक्ष लीला मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो । अस्पतालका सल्लाहकार मदनगोपाल सुब्बा लगायातले शुभकामना दिनुभएको थियो ।


