कामाटोली,बैशाख २२।झापा गाउँपालिकामा बुधवार बसेको विपद व्यवस्थापन समितिको बैठकले जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको कोभिड-१९ संग सम्वन्धी आदेशको पुर्ण रुपमा पालना गर्ने निर्णय गरेको छ।
बैठकले झापा गाउँपालिका र माताहतका कार्यालयहरुबाट प्रदान हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु बैशाख मसान्त सम्म स्थगन गर्ने निर्णय गरेको छ। त्यस्तै वित्तिय तथा सहकारी संस्थाहरुको हकमा दैनीक बिहान ६ बजे देखि १० बजेसम्म मात्र संचालन गर्ने निर्णय गरेको छ।