कनकाई अनलाईन
झापा मोरङ र सुनसरीमा मात्रै बसोबास गर्दै आएका नेपालका लोपोन्मुख जातिको प्रमुख खेल धनुषकाड प्रतियोगिता झापाको कनकाई नगरपालिकामा सम्पन्न भएको छ ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानका आयोजनामा भएको यस प्रतियोगितामा यस क्षेत्रका ३७ जना प्रतियोगिले भाग लिएको तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले बताउनुभयो । जसमा झापा शिवसताक्षीका रामलाल सोरेनले सबैलाई उछिन्दै सहि निशाना लगाएर प्रथम पुरस्कार जित्नुभएको छ ।
उहाँले नगद ५ हजार र ट्रफि पाउनुभयो । यसैगरि क्रमश कनकाई नगरपालिका ७ का बिक्रम हेमरम , शिवसताक्षी नगरपालिका ३ का प्रधान टुडु र कनकाई नगरपालिका ७ कै शंकर टुडु दोस्रो तेस्रो र सान्तना हुनुभयो । उहाँहरुलाई जनही नगद ४ हजार , ३ हजार र १ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । बिजयी सबैलाई प्रदेश नम्बर १ का प्रदेश प्रमुख डाक्टर प्राध्यापक गोविन्द्र सुब्बा , पुर्बमन्त्री केशवकुमार बुडाथोकी सांसद ओम सरावगी कांगेसका सभापति उद्धव थापा , नेता देउमान थेबे लगायातले पुरस्कार वितरण गर्नुभयो ।
नेपालका प्रजातन्त्रका सेनानी तथा विपि कोइरालाका विश्वास पात्र तुर्सा हेमरमको २१ औ स्मृति दिवशका दिन सन्थाल जातिको लोकप्रिय खेल धनुषकाड प्रतियोगिता तथा छेलो हान्ने प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले बताउनुभयो ।
यसैविच सोहि कार्यक्रममा सन्थाल जातिको मनपर्ने खेल छेलो हान्ने र सन्थाली प्रतियोगितात्मक नृत्य समेतको आयोजना गरि प्रजातन्त्रका सेनानी हेमरमको स्मृति दिवश मनाइएको थियो ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान