कनकाई अनलाईन ।
नेपाल आइडल सिजन दुइका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्बाधिक भोट दिलाउन पुर्व क्षेत्रका हज्जारौ युवा लागि परेका छन ।
यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान , जर्मन , भारत , मलेसिया , दुबई , साउदी अरवेया , बेलायत , अमेरिका र थाइल्याण्डबाट समेत यस एसिसेटमा त्यहाका नेपाली र अन्य समुदायका नागरिकबाट समेत सक्दो भोट गर्ने योजना छ । अघिल्लो हप्ता सुमित पाठक बटम थ्री मा परेपछि यसपटक उनलाई विश्वबाट भोट आउन लागेको हो । सहभागि प्रतिस्पधी ५ जनामध्ये सुमित सबैभन्दा वढी संङ्गित साधकका रुपमा रहेका छन ।
सुमितका पिता धुब्र पाठक समेत संगित शिक्षक हुन । उनको झापा कनकाई नगरपालिकामा संगित साधना कला केन्द्र संचालनमा रहेको छ । सुमित त्यहि विद्यालयका उत्पादन हुन । सुमितले सांत्रीय संगितमा समेत उत्तिकै अनुभवी छन भने , आधुनिक , पप , र्याप सबै प्रकारका गित गाउन सिपालु समेत छन । उनलाई हारमोनियम , तवला , गितार , ड्रमसेट लगायातका संगिताका सबै विधामा सुमित बराबरी पोख्त रहेको छन भने नेपाल आइडलमा सहभागि अन्य ४ जना प्रतिस्पर्धीमा यी सबै गुण नपाइएकोले समेत सुमितलाई नेपाल आइडल बनाउन संगित प्रेमी लागि परेका हुन ।
सुमित पाठक जिताउ अभियान झापाका संयोजक तथा कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल आफ्नो पराइ भन्दा पनि क्षमता भएको मानिस नेपाल आइडल हुनसके देशकै शान वढ्ने भएकोले आफुहरु लागि परेको बताउँछन । सबै प्रकारका गायकी र यो १९ बर्षको उमेरमा संगितका सबै विधामा पोख्त यी पाचमा अरु कोहि प्रतिस्पर्धी भए हामी त्यसैलाई मद्धत गछौ सुमित पाठक जिताउ अभियानका अर्का अभियानकर्मी अनुप ओलीले बताए ।
आज बिहिवार बेलुकी ८ ः ३० बजे एपिवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आइडलको कार्यक्रम सम्पन्न भएपछि भोली दिउसो शुक्रवार १२ बजेसम्म मात्र सुमितलाई भोट गर्न सकिन्छ । यसका लागि मोवाइलको म्यासेज बक्समा गएर १२ टाइप गरि ३१००९ मा पठाउन वा रेस्पोट एण्ड राइज एप्प डाउनलोड गरेर समेत भोट गर्न सकिने छ । यसैविच यस पटकको टप ५ को प्रतिस्पर्धामा गायक सुमित पाठकले सबैभन्दा उत्कृष्ट गाएर पर्फमेन्स अफ द डे समेत पाएको बुझिएको छ ।
तस्बीर ः सुमितको प्रचारका लागि झापा सुरुङ्गामा राखिएको होर्डिङ बोर्ड
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान