कनकाई अनलाईन
बिजयदशमीको अवशरमा सुरुङ्गामा ब्याटमिटन प्रतियोगिता सम्पन्न भएको छ ।
कनकाई ब्याटमिन्टन टिमको आयोजनामा भएको प्रतियोगितामा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख समेत रहनुभएका प्रहरी नायव निरिक्षक एसके चौधरी र रेवत ढकाल तथा दोस्रो पोलबाट रोषन श्रेष्ठ र इश्वर पोखरेलको समुह प्रथम भएको छ । यसैगरि पोल ए बाट जनक कार्की र इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक किरण क्षेत्री दोस्रो भएका छन भने पोल बी बाट युवा व्यावसायी राजेन्द्र दाहाल ( राजन ) र संजय सेढाईँको समुह दोस्रो भएको छ ।
विजयी सबैलाई मेडल शिल्ड र पुरस्कार प्रदान गरिएको थियो । सुरुङ्गामा रहेको ब्याटमिटन कर्बट हलमा आयोजित सो प्रतियोगितामा सुरुङ्गा क्षेत्रका दर्जन वढी व्याटमिन्टन खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पछिल्लो समय यस क्षेत्रका व्यावसायिक युवाहरु स्वास्थ्यका लागि ब्याटमिन्टन खेलप्रति झुकाव राख्न थालेसगै यसको व्यावसायिक खेलमा समेत श्रीबृद्धि भएको छ ।
Trending
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन