कनकाई अनलाईन
काँकरभिट्टा÷ काँकरभिट्टा माविको खेल मैदानमा जारी नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत मङ्गलबारको खेलमा पूर्वाञ्चल भेट्रान फुटबल क्लव र धाइजन–चारआली भेट्रान फुटबल क्लव विजयी भएका छन् ।
काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा गत शनिबारदेखि सुरु प्रतियोगिताको तेस्रो दिनको खेलमा बिन्ध्यावासिनी भेट्रान फुटबल क्लव विराटनगर र दागापुर मनिङ्ग भेट्रान फुटबल क्लव सिलिगुडी भारत पराजित भएका छन् ।
मङ्गलबारको पहिलो खेलमा पूर्वाञ्चलका ताराबहादुर पोम्बोहाङ्गले पहिलो हाफको नवौं मिनेटमा बिन्ध्यावासिनी विरुद्ध १ गोल गरेका थिए । पहिलो हाफकै २० औं मिनेटमा पूर्वाञ्चल विरुद्ध बिन्ध्यावासिनीका प्रविन राईले पहिलो १ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
त्यसपछि दोस्रो हाफ अवधिभर दुवै टिमका तर्फबाट थप गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा पूर्वाञ्चल ३–४ ले विजयी भएको छ । पूर्वाञ्चलका सरमान मगर, अर्जुन राई, विमल गुरुङ्ग र यज्ञबहादुर थापाले गोल गरे भने बिन्ध्यावासिनीका अरुण लामा, प्रविन राई र लोचन थापाले गोल गरेका थिए ।
मङ्गलबारको दोस्रो खेलमा धाइजन–चारआलीले दागापुरलाई ०–२ गोले पराजित गरेको छ । पहिलो हाफको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो भने दोस्रो हाफ सुरु भएको ५ मिनेट नबित्दै विजेता टिमका लक्ष्मीप्रसाद लिम्बूले १ गोल गर्दै अग्रता लिएका थिए । खेलको २६ औं मिनेटमा विजयी टिमका भीमबहादुर राईले थप गोल गर्दै आफ्नो टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।
तेस्रो दिनको पहिलो खेलको म्यान अफदी म्याच पूर्वाञ्चलका ताराबहादुर पोम्बोहाङ्ग र दोस्रो खेलको म्यान अफ दी म्याच धाइजन चारआलीका लक्ष्मीप्रसाद लिम्बू घोषित भए ।
बुधबारको पहिलो खेल आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लव र कालेबङ्ग युनाइटेड भेट्रान फुटबल क्लव तथा दोस्रो खेल सुरुङ्गा भेट्रान फुटबल क्लव र धरान मजदुर भेट्रान फुटबल क्लवबीच हुने आयोजकले जनाएको छ ।
सर्वाधिक पुरस्कार राशी रहेको आगामी मङ्गलबार समापन हुने दोस्रो संस्करणको उक्त प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार तथा उप विजेता टिमले ५१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान