कनकाई अनलाईन
इटहरी । कनकाई साप्ताहिकका सहसम्पादक आइपी भट्टराइको मुख्य भुमिका रहेको म्युजिक भिडियो झझल्कोमा विशेष कार्यक्रमका विच लोकापण गरिएको छ ।
चर्चित गायक प्रमोद खरेलले गाएको यस झझल्कोमा किन आउछौ बोलको गितमा मुख्य नायकको भुमिकामा पत्रकार आइपी भट्टराइ रहनुभएको छ भने नायिकामा रेखा खड्का र सीता साम्बा रहनुभएको छ गितको अन्य पात्रमा उपेन्द्र खड्का वाल कलाकारमा किसन राई र कुन्ती राई रहनुभएको छ । आकाश राइको निर्देशनमा रहेको यस म्युजिक भिडियो इटहरी म्याट्रिक र यस आसपासका रमणिय दृश्यमा सुमन तामाङ्गले छायङ्गन गर्नुभएको हो । उपेन्द्र खड्काको शब्द रहेको गितको संगित विजय अधिकारीले गर्नुभएको हो ।
म्युजिक भिडियोलाई पुर्वको चर्चित पर्यटकिय स्थल इटहरी म्याट्रिकमा विमोचन गरिएको हो । गितमा पैसा र धन सम्पत्तिको पछि लागेर आफुलाई माया गर्ने श्रीमान छोराछोरीलाई छाडेर हिड्ने महिलाको आधुनिक र देखासिखि गर्ने बानीलाई देखाइएको छ । म्युजिक भिडियोको विमोचन फिल्म निर्देशक लाखमान योञ्जन , वरिष्ठ पत्रकार याम प्रधान , चर्चित कलाकार तथा मुर्तिकार बिक्रम श्री लगायातले विमोचन गर्नुभयो ।
कार्यक्रमा गितकार तथा कलाकार दिपेन्द्र खड्का , निर्देशक आकाश राई , कलाकार विक्रम श्री , संचारकर्मी लीलाराज झापाली , राजन केडी लगायातले म्युजिक भिडियो शिक्षाप्रद भएको र गित र शब्दलाई कलाकारले न्याय गरेको वताउनुभयो । कार्यक्रममा झापाली कलाकार ओम कडेँलले बाँसुरीको धुन सुनाउनुभएको थियो । आइपीद्धारा अभिनित सो भिडियो हाल युटुभमा समेत हेर्न सकिन्छ ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान