सागर गौतम
खुदुनाबारी ११ मंसिर । आगामी मंसिर२१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको कुराले अहिले राजनैतिक कर्मी मात्र होइन,सामाजिक संञ्जाल दुईचार जनाको जम्काभेट,चिया पसल,पानीपौवा,कुँवा,पधेरो,घरगाउँ,तिनको आँगन,खेतखल्यान सर्वत्र तातेको छ । बजारमा सरगर्मी बढेको छ ।
उम्मेदवार भने घरदैलो र कोणसभामा व्यस्त भेटिन्छन् । मतदाताका आ–आफ्ना अपेक्षा पाइन्छन् । अर्जुनधारा–११ निवासी ममता राजवंशी भन्छिन् भोटमात्र नेता माग्न आँउछन् भोटसहितको मतदाता नामावाली आफ्नो छैन् कसले सोचेको छ र ?
जवाफमा प्रतिनिधि सभा क्षेत्र न–२ का सदस्य पवित्रा निरौला र प्रदेश सभा उम्मेदवार बृख प्रधानले केही दिनमा मतदाता नामावली आउने विश्वास दिलाएँ । सोही ठाँउकी कल्पना संग्रौला भन्छिन् कुर्सीको पछाडि नदौड्न सल्लाह दिदै कुर्सी नेताको पछाडि लाग्ने बताउँछिन् ।
सोही वडामा निवासी बृद्धकुमारी संग्रौलाले ५ सय रुपैया नदेख्ने हामी बृद्धबृद्धाताले नेकपा एमाले २ हजार भत्ता दिएर ठूलो राहत दिदै आएको बताइन । त्रिवेणी टोल निवासी सुकीमाया सनुवार भने विधवा भत्ता एक हजार मात्र थाप्दै आएको र सो रकम बढाउन उम्मेदवारलाई आग्रह गरिन । जवाफमा उम्मेदवार खरेल र प्रधानले समाजको सृदृढ बनाउन बजेट सन्तुलित बनाउँदै जनताको घरदैलोमा निरन्तर आँउने बताए ।
Trending
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु