Author: lilaraj

कनकाई अनलाईन आफ्नो धर्म सस्कृतिको रक्षा र पछिल्लो पुस्तालाई धर्म सस्कृतिका वारेमा जानकार गराउने उद्धेश्यका साथ झापाको सुरुङ्गामा यस बर्षदेखि हनुमान जयन्ती मनाइने भएको छ ।हनुमान जयन्तीको भव्य तयारी सकिएको आयोजक संस्था पाथिभरा माडबाडी समाज र अग्रवाल समाजले हनुमान जयन्तीको तयारी थालेको हो । जयन्तीको तयारीको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि तयारीको जानकारी गराएको हो ।यहि बैशाख ११ गते मंगलबार विहान ९ बजे कनकाई उद्योग बाणिज्य संघ छेउमा रहेको हनुमान मन्दिरबाट झण्डासहितको र्याली सुरु गरिने आजोजक समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै…

Read More

कनकाई अनलाईनबिर्तामोड, कालोपत्रे गरेको एक सातामै सैनिकमोड– सैनिकबजार सडक भत्किएको छ । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । सैनिकमोडदेखि केही दक्षिणपट्टी ढुंगाना हार्डवेयर अगाडि कालोपत्रे सडक भत्किएको हो । जुन एक साताअगाडि निर्माण गरिएको थियो । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएकाले एक सातामै भत्किएको सतानु– सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको बताए । सो सडक खनाल शान्ति जेभीले निर्माण गरेको हो । सैनिकमोडदेखि ४ किलोमिटर दक्षिण सैनिकबजारसम्म ५ करोड २४ लाख ४१ हजार ३९५ रुपैयाँमा ठेक्का पाएको थियो । उपभोक्ताहरुको चर्को दबाबपछि सो सडक ठेकेदारले निर्माण…

Read More

कनकाई अनलाईनविश्वको सबैभन्दा धेरै सदस्य सङ्ख्या रहेको लायन्स क्लवको सन २०२४/२५ को सेकेन्ड भाईस डिस्ष्ट्रिक गभर्नरमा झापा कनकाई सुरुङ्गाका लीला चिमरिया अत्याधिक मतका साथ बिजयी भएका छन । यो सगै चिमरिया अबको २ बर्षपछिको लायन्सको गभर्नर बन्ने पक्का भएको छ । हिजो बिराटनगरमा लायन्सको एकमात्र पदमा भएको निर्वाचनामा चिमरियाले अत्याधिक मतका साथ बिजयी बनेका हुन । चिमरियाले जम्मा १८७ मत खसेकोमा अत्याधिक १४७ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्धन्द्धी उर्लावारी लायन्सका कोमल शाक्यले ३९ मत मात्रै प्राप्त गर्नुभयो । खसेको मतमा १ मत बदर भएको थियो । लायन्समा २ बर्ष पछिको गभर्नरका लागि २ बर्ष पहिलेनै चुन्ने चुनिने प्र्रावधान…

Read More

कनकाई अनलाईनकनकाई नगरपालिकामा पुराना दलहरुलाई एकपछि अर्को झडका लाग्न छाडेको छैन । गत संसदीय निर्वाचनमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकाललले सबैभन्दा वढी मत ल्याएर कनकाई नगरपालिकामा पुराना दलसग यहाँका जनता खुसी छैनन भनेर प्रमाणित गरिरहेको बेला यसपछिका निर्वाचनमा दलले समर्थन गरेका सबै उम्मेद्धारहरुले कम्तीमा अध्यक्ष र मुख्य पदहरुमा हराइदिदै आएका छन । यसैक्रममा नेपालकै चर्चित मानिने जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाको आजै राती गणनाभएको मत परिणाममा शेरबहादुर थापा प्यानलबाट स्वतन्त्र रुपमा उम्मेद्धारी दिनुभएका अध्यक्ष परशुराम गिरी र सचिवमा दिपक ओली अत्याधिक मतका साथ बिजयी हुनुभएको छ । जम्मा ८५१ मतदातामध्ये ८०९ मतदाताले मतदान गरेको यस…

Read More

कनकाई अनलाईन जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदान सम्पन्न भएको छ। कनकाई नगरपालिका वडा न। २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ८ सय ५१ मतदाता मध्ये ८ सय ९ मत खसेको निर्वाचन समितिले जनाएको छ। जसमा ३० वटा टोलको ५ वटा क्षेत्रका ८ सय ५१ उपभोक्ता मतदाता रहेका थिए। यता , निर्वाचन सम्पन्न भएसगै आजै सर्वदलीय बैठक बसि मतगणनाका विषयमा छलफल गर्ने र आजै मतदगणना गर्ने जनाएको छ। निर्वाचनबाट अध्यक्षमा एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४…

Read More

कनकाई अनलाईनमानिसको स्वास्थलाई ध्यानमा राख्दै यहाँस्थित लियो क्लव अफ कनकाई सुरुङ्गाले आगामी बैशाख १० गते सोमवारका दिन सुरुङ्गामा मिनि म्याराथुन गर्ने भएको छ । प्रतियोगिताको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक समितिले जानकारी गराएको छ । सुरुङ्गा चौक झापा रोडबाट चारआली चौक हुदै पुन सुरुङ्गा चौकसम्म गरि जम्मा ७ किलोमिटरको मिनि दौड रहने पत्रकार सम्मेलनमा लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रोहन चौधरीले बताउँनुभयो । सुरुङ्गा चौक, दिव्यरत्न मावि हुदै चारआली चौक हुदै सुरुङ्गा चौकमा आएर पुरा हुने दौडमा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार सहित ट्रफि र प्रमाणपत्र…

Read More

कनकाई अनलाईनझापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ ।मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउँनुभयो । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा अगाडि मारिएके हुनसक्ने वन प्रमुख राईले बताउँनुभयो । दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने वनप्रमुख राईले बताउँनुभयो । मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन…

Read More

कनकाई अनलाईनबिर्तामोड बसपार्कका होटलहरु लागूऔषधको अखडा बन्दै गएको पाइएको छ ।होटलहरुमा बेश्यावृत्तिसंगै लागूऔषधको प्रयोग र कारोबार हुने गरेको विभिन्न घटनाहरुले देखाएको छ ।यसक्रममा ठूलो मात्रामा लागूऔषधसहित बिर्तामोड बसपार्कका एक होटल कामदार पक्राउ परेका छन् । सोमवार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो । होटलमा प्रहरीले छापा मार्दा विभिन्न लागुऔषधमा प्रयोग हुने ट्याब्लेटहरु…

Read More

कनकाई अनलाईनझापा कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी प्रमुख प्रविणकुमार भट्टराईले आफ्नो कार्यकाल सुरु गरेसगै यस क्षेत्रमा लागु औषध बिरुद्ध सचेतना र कार्वाहीलाई एकसाथ अगाडि बढाउनु भएको छ । कनकाईका सबै विद्यालयमा यसको सचेतना कार्यक्रम सम्पन्न गरेसगै भट्टराईको नेतृत्वमा झापा दुर्गापुरमा समेत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।कनकाई नगरपालिका वडा नं.७दुर्गापुर स्थित कृषि टहरामालागु औषध तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्नभएको छ । कनकाई नगरपालिका वडा नं.७ को प्रायोजनमा जनकल्याण समाजद्वारा आयोजितउक्त प्रशिक्षण कार्यक्रममा वडाका ११ वटा टोल समितिकापदाधिकारी तथा सदस्यहरु, स्थानीययुवायुवतिहरु लगायतविभिन्न संघसंस्थासँग आवद्ध व्यक्तिहरुको वाक्लो उपस्थितिथियो ।प्रशिक्षण कार्यक्रम इलाका प्रहरी कार्यालय सुरुङ्गाको सहजीकरणमा भएको…

Read More

कनकाई अनलाईनझापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एकजना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । गिरीले बिर्तामोडको शनिश्चरेरोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई ६० हजार रुपैयाँमा काँचो सुन दिन्छु भनी सिटौलाबाट ललाइफकाई ६० हजार रुपैयाँ लिएका थिए । बिस्कुटजस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको भन्दै सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउनसाथ प्रहरीले गिरीलाई शनिश्चरेरोडबाट सोमबार पक्राउ गरेको हो । गिरीलाई आवश्यक कार्वाहीको लागि प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ ।

Read More