कनकाई अनलाईन
बिर्तामोड स् प्रदेश १ कै प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फुटबलको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता गर्न बिर्तामोडको डोमालाल राजवंशी रंगशालालाई चिटिक्क पारिएको छ । करिब पाँच हजार दर्शक क्षमताको बाँसे प्यारापिट निर्माण गरिएको छ ।
उद्घाटन खेलमा आयोजक रमपम झापा ११ ले सुदूरपश्चिम ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा झापा र सुदूरपश्चिमसहित थ्रीस्टार, मनाङ मस्र्याङ्दी, विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ तथा सहारा क्लब पोखरा, रूपन्देही ११ र सिक्किम युनाइटेड एफसीले भाग लिएका छन् । विजेताले १२ लाख ५१ हजार र उपविजेताले छ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
गत वर्ष विजेताको पुरस्कार सात लाख थियो । फुटबल विकाससँगै जिल्लाको पहिचानका लागि प्रतियोगिता गरिएको आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए । अध्यक्ष गिरीले यसपालि दुई उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने बताए । गत वर्ष एक खेलाडीले मात्रै मोटरसाइकल पाएका थिए । यो वर्षदेखि पुराना फुटबलरलाई सम्मान गर्ने संस्कार पनि सुरु गरिने जनाइएको छ ।
पुराना फुटबल खेलाडीद्वय रामदर्शन गुरुङ र सन्तबहादुर रायमाझीलाई समान २५ हजारसहित सम्मान गरिनेछ ।
झापाले मोफसलमै पहिलोपल्ट खेलाडी अनुबन्धन गर्ने अभियान पनि थालनी गरेको छ । महिना दिनअघि योगेश गुरुङ र देवेन्द्र तामाङलाई मासिक २५ हजार पारिश्रमिक दिने सर्तमा दुई वर्षका लागि अनुबन्धन गरिएको थियो । चैतभित्र १० खेलाडी अनुबन्धन गरिने लक्ष्य रहेको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जनाए । उद्घाटनका दिन थप पाँच खेलाडीको अनुबन्धन घोषणा गरिनेछ ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी