Kanakai Online

झापामा बाम र राष्ट्रवादी देशभक्क्तहरुको गठबन्धनले जनतामा उत्साह थपेको छ । झलकसिंह दर्लामी शन्देश झापा क्षेत्रनम्बर ४ कका वामपन्थी राष्ट्रवादीका उम्मेद्धार


बुधवार, मंसिर १३, २०७४ |

झलकसिंह दर्लामी एक शान्त र भद्र शालिन व्याक्तित्व हुनुहुनछ । गमेर सटिक मात्रै वोल्ने इमान्दार नेताको छवि बनाउनुभएका दर्लामी माओवादीको केन्द्रिय राजनितिमा समेत हावी रहनुभएको छ । पार्टीको पोलिटव्युरो सदस्य समेत रहनुभएका दलार्मी हाल आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेशसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ को प्रदेश क अन्र्तगतको प्रदेशसभाको उम्मेद्धार रहनुभएको छ । प्रस्तुत छ , उहाँसग गरिएको कुराकानी ।
 

 
 
१)सर्वप्रथम तपाइको राजनैतिक पृष्ठभुमि वताइदिनुहोस न ?
२०४६ सालपछिको आन्दोलनपछि करिव ४८ सालबाट तत्कालिन सयुक्त जनमोर्चामा सम्पर्क गरेर मेरो राजनैतिक जिवन मेरो जनमोर्चावाटै सुरु भयो । ५१ सालबाट म सक्रिय रुपले पार्टीमा आवद्धभए , एकताकेन्द्रमा आवद्धहुदै , म माओवादीमा सहभागि भए , ५१ सालमा मैले पार्टी सदस्यता लिइसकेपछि विद्यार्थी राजनितिहुदै , म माओवादी पार्टीमा क्रियाशील भए र त्यसपछि आउदाखेरी म विभिन्न जिम्मेवारी निर्वाह गर्दै म पार्टीकेन्द्रको पोलिटव्युरो सदस्य र झापा जिल्ला इन्चार्जका रुपमा छु , पार्टीमा रहदा मैले ५८ सालसम्म झापामै विभिन्न पार्टी जिम्वेवारीमा रहेर काम गरे त्यसपछि ५८ सालदेखि ६२/६३ सालसम्म म सैन्य जिम्वेवारीमा बटालियान कमिसार सम्मको जिम्मेवारीमा रही देशका विभिन्न भुभागमा .काम गरे पार्टीको पुर्वी कमाण्डको सचिव भएर पनि काम गरे ६३ सालमा पार्टीको झापा जिल्ला सचिवको जिम्मेवारीमा काम गरे त्यसपछि लामो समयसम्म सेक्रेटरीकाम गरेर त्यसपछि इन्चार्ज हुदै अहिले निरन्तर १० वर्षसम्म झापा जिल्लाको इन्चार्ज रहिरहेको छु । र अहिले चाहि म प्रदेश नम्बर ४ को क मा जनताको घरआगनमा वाम तथा राष्ट्रवादी पार्टीको उम्मेद्धारका रुपमा आएको छु ।

 
 
२) चुनावको प्रचार कसरी गरिरहनुभएको छ ?
चुनावको प्रचारको सवालमा चाहि अहिलेसम्म हामी मुख्यगरेर जनताको घरदैलोमा गइरहेका छौँ । मत माग्नका निम्ति गइरहेका छौँ । हाम्रा प्रतिवद्धताहरु , सयुक्त वाम गठबन्धनका धारणाहरु हामी अहिलेचाहि जनताको घर आगनमा लिएर गइरहेका छौ र मुख्यत कोणसभाहरु ीपडिसभाहरु , घरदैलो कार्यक्रमहरु , जनता जहाजहाँछन , अहिले जनताहरु ीकसान मजदुरहरु धान काट्ने विटा ओर्साने काममै व्यस्त रहनुभएको छ । जनतालाई फुसर्द भयो भने हामी त्यहि गएरपनि हामी मत मागिरहेका छौ ।
हामीले विभिन्न प्रचारमाध्यमका माध्यमबाट हामीले चुनावी प्रचारको कार्यक्रमहरु हामीले गरिरहेका छौ । अहिले घरदैलोमानै वढी क्रियाशील छौ र प्रचारको माध्यमलाई अझ प्रभावकारी र शशक्क्त गर्दै हामी , लैजादै छौ र अहिले प्रारम्भिक ढङ्गले हाम्रा विचारहरु सयुक्त वाम गठबन्दन किन , र सयुक्त वाम गठबन्धनले विकास र समृद्धिका लागि परिवर्तनको निम्ति यसका एजेण्डाहरुलाई जनताको माझमा पस्कदै , हाम्रा पार्टीका प्रतिवद्धताहरु उम्मेद्धारका प्रतिवद्धताहरु , विकास निमार्ण र यो क्षेत्रको समृद्धिका लागि हामीले गर्ने आफ्ना कामहरुको फेरिस्तहरु जनतालाई बुझाउदै हामी जनताको घरदैलोमा व्यस्त रहेका छौ ।

 
 
३) तपाई लामो समय देश र जनताका लागि जनयुद्ध लडेको मान्छे , तपाई जस्तो क्रान्तिकारी योद्धाको पार्टीले झापामा मण्डले पार्टीसग झापामा चुनावी तालमेल गर्यो भनेर विपक्षी पार्टी कांग्रेसले विशेष गरेर चुनावी गित गाइरहेको छ नि ? तपाई के भन्नुहुन्छ ?
हेर्नुहोस म त के भन्छुभने , हिजो हामी कहाँ थियौँ , हिजो कसले के कुरा गर्यो ,भन्नेकुरातिर म अहिले धेरै जान चाहन्न , मुख्यकुरा अहिले देशले खोजेको परिवर्तन र समृद्धि हामीले अहिले महत्वपुण राजनैतिक कार्यभार पुरा गरेका छौ , राजतन्त्रको अन्त्य भएको छ । देश संघिय गणतन्त्रमा प्रवेश गरिसकेको छ , देशले जनताको प्रतिनिधिद्धारा संविधान प्राप्त गरिसकेको छ , त्यो संविधानलाई कार्यान्वयन गर्ने चरणमा हामी पहिलो पटक हामी स्थानिय तहको निर्वाचन गरेर स्थानीय सरकार निर्माण गरेर हामी दोस्रो चरणमा प्रदेश सरकार निर्माण र केन्द्रिय सरकार निर्माणमका निम्ति हामी केन्द्रित भइरहेका छौ र हाम्रो महत्वपुर्ण राजनैतिक कार्यभार पुरा भइसकेको छ , र अव समृद्धि र विकासको राष्ट्रिय एजेण्डालाई कार्यान्वयन गर्नका निम्ति हामी स्थिर सरकारको नारा लिएर हामी अगाडि वढेका छौ , हाम्रो यो स्थिर सरकार र समृद्धिको परिवर्तनको एजेण्डालाई कसैले हामीलाई समर्थन गर्छन भने हामी खुल्ला ह्रदयले स्वागत गर्न तयार छौ , त्यहि सन्र्दभवमा झापा जिल्लामा खास गरेर राष्ट्रवादी देशभक्क्त , मोर्चाको तर्फबाट राप्रपा सिफारिस भएको पार्टीले हामीलाई गठबन्दनलाई सघाउने गठबन्दनलाई सहयोग गर्ने जुन निर्णय गरेर आउनुभयो , त्यो निर्णयको हामीले स्वागत गछौँ यसले स्थिरतालाई स्थिरता समृद्धि र विकासका लागि हाम्रो एजेण्डालाई र बहुमतको सरकारको निर्माण गर्ने नेपाली जनताको जुन एजेण्डा रहेको छ , देश र राष्ट्रको अहिलेको जुन आवश्यकता रहेको छ ।
त्यसलाई परिपुर्ती गर्नका निम्ति मलाई लाग्छ त्यो समर्थनले त्यो प्रतिवद्धताले त्यो एक्यवद्धताले चाहि हामीलाई ठुलो महत्वपुर्ण साथ र सहयोग गर्छ जस्तो मलाई लाग्छ , यो एउटा कार्यनितिक नारा हो । रणनैतिक हिसावले त हामी एमाले र माओवादी विचमा हामी पार्टी एकता गरेर एउटै कम्युनिष्ट बनाएर गइरहेका छौ , तर उहाँहरु सगको अहिलेको चाहि कार्यगत एकता भनेको चाहि कार्यनैतिक एकता भएका कारणले जसरी हुन्छ निर्वाचनलाई सफल बनाउनका निम्ति र स्थिरता र शान्ति विकासका निम्ति चाहि यसले महत्वपुर्ण योगदान गर्छ , भन्ने म ठान्छु त्यस हिसावले गर्दा यो कनै आरोप प्रत्यारोपका रुपमा हामी जानुपर्दछ जस्तो मलाई लाग्दैन , उहाँहरुले जुन विचार सिद्धान्त लिनुभएको छ , त्यसको हामी सम्मान गछौँ , बहुदलिय लोकतान्त्रिक प्रतिस्पर्धामा सवैले आफ्ना विचार स्वतन्त्रतापुर्वक राख्न पाउछन । प्रतिस्पर्धा गर्न पाउँछन र त्यसलाई जनताले ठिक वेठिक छुट्टाउनपनि पाउनुहुन्छ । त्यसकारण म यसलाई अन्यथाका रुपमा लिन्न ।

 
 
 
 
४) तपाई माओवादी केन्द्रको केन्द्रमा प्रभावपार्ने नेता पनि हो , केहि दिनअघिसम्म उत्तर र दक्षिण दिसा फर्किएक २ कम्युनिष्ट पार्टीहरु एकाएक चुनावको मुखमा आएर पार्टी एकतासम्मको सहकार्यमा एक भए के कुराले काम गर्यो यस कुरामा ?
हेर्नुहोस मुख्यकुराचाहि देशको आवश्यकता हो , राष्ट्रको आवश्यकता हो जनताको आवश्यकता हो , जनताले यो कुरालाई गहिरो ढङ्गले बोध गरिरहेको आवश्यकता थियो , तर अहिलेसम्म नेताहरुले र कम्युनिष्ट्र आन्दोलनका अभियान्ताहरुले ठिक ढङ्गले लिइरहन सक्नुभएको थिएन , यो कुरालाई चाहि पछिल्लो चरणमा २०७४ साल असोज १७ गते नेकपा एमालेका नेता कामरेड केपीशर्मा ओलीले र माओवादी केन्द्रका नेता प्रचण्डले जुन बोध गर्नुभयो , यो पार्टी र राष्ट्रका निम्ति महत्वपुर्ण परिघटना हो भन्ने म ठान्छु । स्थिरता शान्ति र विकाश जनताको चाहना हो , स्थिर सरकार मार्फत परिवर्तनमा संस्थागत गर्ने जुन एउटा राष्ट्रिय अभिभारा हो , त्यो अभिभारालाई दुइजना नेताले गम्भिर ढङ्गले , बुझ्नुभएको छ ।
तर त्यो निर्णय चाहि वाहिर आउदा हिजो विभिन्न ढङ्गले जुदिरहेका पार्टीहरु प्रतिस्पर्धा गरिहेका पार्टीहरु र कम्युनिष्ट्रहरु कहिलेपनि मिल्न जान्दैनन् भनेर एउटा नकरात्मक शन्देश गइरहेको परिप्रेक्षमा एउटा निर्णय आएको छ , त्यस निर्णयलाई हेर्दा झट्ट र आकस्मिक जस्तो देखिएपनि तर नेताहरुकै अभिव्याक्ति हेर्दा र हामीले बुझेसम्म यो एकवर्ष अगाडिदेखि वहस र छलफल चलिरहेको थियो , तर निर्णय आउदाखेरी अत्यान्त आकस्मिक ढङ्गले आएजस्तो भएको छ तर जेजसरी भएपनि यो नेपाली जनताको पक्षमा छ समृद्धिको पक्षमा छ , विकास निर्माणको पक्षमा छ , स्थिरता र दिगो , सरकार निर्माण गरेर देशलाई अग्रगमनको वाटोमा लानका निम्ति यो एउटा महत्वपुण कदम भएको छ र यसलाई नेपाली जनताले स्वागत गरेका छन , दुवै पार्टीका आम कार्यकर्ता र नेताहरुले स्वागत गरेका छन । र राष्ट्रले यसलाई स्वागत गरेको छ ।
त्यसकारण यो आकस्मिक जस्तो देखिएपनि यो आकस्मिक होईन , यो मुलुकको आवश्यकताको निम्ति फेरिपनि एउटा निर्णय भयो , यसो हेर्दा चामत्किारिक जस्तो भएपनि यो मुलुकको निम्ति आवश्यक निर्णय भएको छ र यो निर्णयले देशलाई नयाँ ढङ्गले नेतृत्व गर्छ भन्ने हामीले विश्वास लिएका छौ ।
५) तीन पार्टी मिलेर गाउँमा भोट माग्न हिड्नु भएको छ नेपाली कांग्रेस एक्लै भोट माग्न हिडिरहेको छ , गाउँमा कस्तो फिडब्याक पाउनुभएको छ ?
निश्चयपनि तीनओटै पार्टीको सयुक्त गठबन्धन देशभक्त राष्ट्रवादी र वामपन्थीहरुको साँझा उम्मेद्धार बनेर साँझा उम्मेद्धारको साथ हामी जनताको घरआगनमा घरदैलोमा गइरहेका छौ , जनताको अत्यान्तै न्यानो स्नेह र माया हौसला प्राप्त गरिरहेका छौ , र जनताहरुबाट प्रतिक्रिया आएको छ तपाइहरुको जित सुनिश्चित छ भनेर उहाँहरुले प्रतिक्रिया दिइरहनुभएको छ र म के भन्न चाहन्छुभने यस क्षेत्रमा सयुक्त वाम गठबन्दनको जित सुनिश्चित छ , सुनिश्चितताको आधार भनेको बाम र राष्ट्रवादीको एकताको आधारनै हो , जनताको न्यानो माया र यसपटक चाहि स्थिर र बहुमतको स्थायी सरकार हेर्ने जनताको तीव्र आंकाक्षाको कारण पनि हाम्रो जित निश्चित बनेको छ यहि प्रतिक्रियाहरु हामीले जनताको घरमा जादा सुन्दै आएका छौ । जनता यस गठबन्धनप्रति वढी नै उत्साहित बनेको हामीले पाएका छौ ।
५) यी त भए राष्ट्रिय एजेण्डाका कुरा तपाई झापा ४ को प्रदेश क मा उठनुभएको छ जनताका थुप्रै विकास निर्माणका आशाहरु रहेका छन त्यसैपनि यो क्षेत्र झापामा पछाडि पारिएको क्षेत्रका रुपमा बुझिराखेका छन के छन तपाईसग विकासका एजेण्डाहरु यस क्षेत्रमा ?
मुख्य गरेर यो प्रदेशमा ठुला ठुला नदिहरु कनकाई नदि कमल बनियानी नदि , सताक्षी खोला , त्यसपछि थुप्रै सानाठुला नदिखोलाहरुले यो प्रदेशको क्षेत्रलाई चाहि उत्तर दक्षिणबाट बगेर गएको छ । यसकारणले गर्दा यो प्रदेश यो क्षेत्र नदिकटानको तीव्र समस्याको क्षेत्रपनि हो , त्यसकारण मेरो एजेण्डामा प्रतिवद्धतामा कम्तीमा पनि ५ वर्ष भित्रमा नदिहरुको डिपिआर बनाएर नदि तठबन्दको स्थायी समाधानको पहल गर्ने छु भनेर मैले प्रतिवद्धता जाहेर गरेको छु । र म तपाइहरुको मिडिया मार्फत पनि यो प्रतिवद्धता जाहेर गर्न चाहन्छु । नदि नियन्त्रणको कामलाई मैले पहिलो प्राथमिकता दिएको छु । दुधे माहाभारा देखि लिएर वोर्डरसम्म जाने मुख्य सडक , झिलझिलेदेखि हवल्दारचोक पाँचगाछी जाने सडक , धरमपुर पाँचगाछी हुदै वोर्डरसम्म जाने सडक , यहाँका मुख्य बाटाहरु हुन ती वाटाहरु अहिलेपनि कालोपत्रे हुन सकेका छैनन ।
अहिलेपनि धुलो धुवाले गर्दा जनताहरु प्रताडित बनिरहेका छन र हामी के चाहन्छौ भने छिटोभन्दा छिटो यी वाटालाई कालोपत्रे गरेर जनतालाई कम्तीमा एकवर्षभित्रमा कालेपत्रेको काम सुरु गरिने छ । र ५ वर्षभित्रमा सम्पुर्ण बाटाहरु कालोपत्रे गरिसक्ने छन । वार्डस्तरीर र स्थानीय स्तरका बाटाहरु स्तर उन्नती गरेर ग्राभेल गरेर सवै बाटोहरु १२ महिनानै हिडडुल गर्न सक्ने बनाइनेछन । तेस्रो कुरा धनीपुर्जाको समस्या यहाँका आम बसोवासीहरु पुस्तैपुस्तादेखि वसेका छन तर उनीहरुले धनीपुर्जा प्राप्त गर्न सकेका छैनन , प्रदेश र केन्द्रमा समन्वय गरेर आवश्यक कानुनको निर्माण गरेर छिटोभन्दा छिटो जमिनमा वसोवास गर्ने मानिसहरुलाई धनीपुर्जा दिएर जमिनको मालिक बनाउनका निम्ति विशेष पहल गर्ने छु । विशेष गरेर यहाँ स्वास्थ्यको समस्याहरु छन , स्वास्थ्य चौकीहरुलाई स्तरउन्नती गरेर गुणस्तरीय स्वास्थ्य प्रदान गर्नका निम्ति मेरो विशेष पहल रहने छ ।
शिक्षाको गुणस्तरको निम्ति विद्यालय शिक्षालाई प्रारम्भिकदेखिनै व्यावस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति यो मेरो विशेष पहल रहने छ । त्यस्तै गरेर कृषि क्षेत्रको सुधारको निम्ति पर्यटन पर्वद्धन र विकासको निम्ति आन्तरिक पर्यटन पर्वद्धनका निम्ति असाध्यै राम्रो संम्भावना वोकेको यो ठाउँ , दोमुखा , सताक्षीधाम , दुधे जोरपोखरी , कैलाशधाम चिल्लागढदेखि लिएर विभिन्न क्षेत्रहरुदेखि लिएर पर्यटकिय क्षेत्रहरुको प्रवद्धन गरेर दिगो विकास गर्न सक्यौ भने आन्तरिक पर्यटनको प्रवद्धन गर्न सकिन्छ , त्यो कामको निम्ति पनि विशेष पहल गर्ने छु । रोजगारी श्रृजनाको निम्ति औद्योगिक कलकारखानाको निर्माण गरेर यहि देशमा भएका युवाहरुलाई कम्तीमा पनि यहि रगत पशिना वगाउने एउटा वातावरणको निर्माणको निम्ति राज्यसग प्रदेशमा गएर मैले विशेष पहल गर्ने छु र रोजगारी श्रृजनाका विभिन्न क्षेत्रहरुमा राज्यको तर्फबाट म विशेष पहल गर्ने छु ।
यी महत्वपुर्ण विषय लगायात जनताका विभिन्न जल्दावल्दा समस्याका विषयसग म हिजोदेखिनै नजिक छु । जनताले भोगेको सुकुम्वासीका समस्या लगायातका समस्या म पनि भोगिरहेको हुदा यी समस्याको निकासका निम्ति म एकथोपा रगत रहेसम्म जुदिरहेको हुनेछु । जनताका यी यावत समस्याबाट कहिलेपनि म भाग्ने छैन , यो मेरो प्रतिवद्धता छ ।
प्रस्तुती लीलाराज झापाली ।