Kanakai Online

अबुधावीकी श्रम सहभारी यादवको विदाई


शनिवार, कार्तिक २५, २०७४ |

सुर्य खवास, युएई
नेपाली राजदुतावास युएई स्थित अबुधाबिकी श्रम सहचारी हिरा कुमारी यादवले युएईमा कार्यरत रहदा नेपाली श्रमिकहरुमा परेको समस्यालाई उच्च प्राथमिकताका साथ समाधानका लागी खेल्नु भएको योगदानको उच्च मूल्याकंन गर्दै यहाँ कृयाशिल रहेका दुई दर्जन बढी नेपाली संघ-संस्थाहरुले १० नोभेम्बर २०१७ मा युएई स्थित नेपाली राजदुतावासको परिसरमा संयुक्त विदाई कार्यक्रम सम्पन्न गरेका छ्न । नेपालीहरु वैदेशिक रोजगारिमा जानू एउटा बाध्यता नै भएको छ ।
रोजगारीको शिलशिलामा जाने मुलुकहरुमा मध्य पुर्वमा रहेका देशहरु मध्ये युएई एउटा आकर्षक तथा मुख्य गन्तव्य बन्दै गएको छ । तर स्पस्ट वैदेशिक नीति तथा नेपाल सरकारको कमजोरीका कारण वैदेशिक रोजगारीको अवसर सगसगै समस्याहरु बढदै जानू कुनै नौलो कुरा रहेन ।
रोजगारिका लागी विदेसिएका नेपाली श्रमिकहरुलाई पर्ने विभिन्न समस्याहरुको समाधान र सहजिकरण गर्ने नेपाल सरकारको निकाय नेपाली राजदुतावास युएईमा यादव १५ फेब्रुअरी २०१५ बाट कार्यरत हुनुहुन्थ्यो ।
विदाई कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावासका लेवर कन्शुलर भेष बहादुर कार्की ले यादवको कार्यशैली उहाको जिम्मेवारी प्रति सदैब सचेत रहेको भन्दै खुलेर प्रशंसा गर्नुभएको थियो ।
साथै उहाको लगावका कारण आगामी दिनहरुमा अझ सफल हुने विश्वास व्यक्त गर्नुहुदै नेपालमा रहने कार्यकालको अग्रिम शुभकामना व्यक्त गर्नुभएको थियो ।
विदाई कार्यक्रममा बोल्दै बिदाई हुने व्यक्तित्व यादवले आफुले गरेको कामको मुल्यांकन गरिदिएकोमा सम्पूर्ण सस्थाहरु तथा आयोजकहरु प्रति खुशी व्यक्त गर्दै युएईमा संगालेको अनुभवलाई सधै नेपालीको हितमा लगाउने प्रतिबद्दता जनाउनु भएको थियो । युएईमा रहदा नेपाली श्रमिकको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको हुँदा यी तमाम समस्याको समाधानको लागि नेपाल सरकारको सम्बन्धित निकायलाई सधै झकझक्याई रहन आफ्नो प्रयत्न रहने भन्दै सबैको माया र सदभाव प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
गैर आवसिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा सन्चालित कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष रोहित भण्डारी, गैर आवसिय नेपाली संघ युएईका महासचिव कृष्ण प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल तथा नेपाली समाज युएईका कृष्ण पौडेल, नेपाल आदिवासी जनजाति महासंघ युएईका सचिव कुमार बलामीले विदाई मन्तव्य राख्नु भएको उक्त कार्यक्रम झापाली समाजका केन्द्रीय सल्लाहकार भरत शिवाकोटीले संचालन गर्नु भएको थियो ।
युएईमा कृयाशिल रहेका नेपाली संघ-संस्थाहरु गैर आवासीय नेपाली संघ युएई, झापाली समाज युएई, स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय कलाकार समाज, पाल्पाली समाज युएई, नेवा पुचः युएई, ताप्लेजुङ समाज सेवा युएई, ग्रिनलाइन ग्रुप अफ कम्पनी अबुधाबी, शुभयात्रा ट्राभल दुबई, काठमाडौं दरबार रेस्टुरेन्ट अजमान, अर्घाखाँची सम्पर्क समिति युएई, चिवतन सेवा समाज युएई, बागलुङ सेवा समाज युएई, कास्की आदर्श सेवा समाज युएई, लुम्बिनी वेल्फेयर सोसाइटी, प्रवासी अनलाइन, नमस्ते ट्राभल युएई, कपिलबस्तु सेवा परिषद युएई, धादिङ सेवा समाज युएई, दाङ देउखुरी समाज युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, नेपाल कला संस्कृति मञ्च युएई, नवलपरासी सेवा समाज युएई, नेपाली समुदाय युएई, सुदुर पश्चि सेवा समाज, रुपन्देही सेवा समाज, दोलखाली समाज युएई, नेपाल प्रेश युनियन, गोरखा सेवा समाज युएई, पथरी शनिश्चरे समाज युएई, गुल्मी सेवा समाज युएई, मितेरी समाज र न्युज7नेपाल डट कम आयोजक रहेको उक्त कार्यक्रमको व्यवस्थापन गैर आवासिय नेपालि संघ युएईले गरेको थियो भने कार्यक्रमको संयोजन झापाली समाज युएईले गरेको थियो ।

सम्बन्धित खबर