Kanakai Online

२ थान पेस्तोलसहित मगर भारतमा पक्राउ


बुधवार, जेठ ६, २०८३ |

कनकाई अनलाईन
नेपाल–भारतको सीमा क्षेत्रबाट दुई थान घरेलु पेस्तोलसहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ वाहिनीअन्तर्गत कादोमनीजोतई कम्पनीका जवानहरूले उनलाई आईतवार पेस्तोलसहित पक्राउ गरी आवश्यक कार्वाहीका लागि राखिएको जनाएको छ ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ कालीखोला, काँकडभिट्टा निवासी ३१ वर्षीय नवीन थापामगर रहेका छन्। उनलाई सोमबार गोप्य सूचनाका आधारमा भारतको भालुगाडा क्षेत्रमा नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

एसएसबीका जवानहरूले शङ्कास्पद अवस्थामा रहेका मगरलाई जाँच गर्ने क्रममा उनको साथबाट दुई थान घरेलु पेस्तोल, एक थान म्यागजिन तथा ४ सय भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मगरले पैसाको लोभमा परी भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको गलगलियाबाट पानीटंकीसम्म अवैध हतियार ओसारपसार गर्ने गरेको खुल्न आएको बताइएको छ।