कनकाई अनलाईन
सुरुङ्गा खानेपानी तथा सरसफाई सामुदायिक उपभोक्ता संस्थाको अध्यक्षमा रुपनरायण खतिवडा रमेश सर्वसम्मत हुनुभएको छ ।
आज सम्पन्न संस्थाको मनोनयनमा अर्का अध्यक्षका उम्मेद्धार भीमप्रसाद अधिकारीले आफ्नो अध्यक्ष नामको उम्मेद्धारी फिर्ता लिएसगै अध्यक्षमा रमशे सर्वसम्मत हुनुभएको हो ।
रमेश खतिवडा सुरुङ्गा खानेपानीको स्थापनाकालदेखिकै सचिव पदमा रहेर काम गर्नुभएको थियो । उहाँले २० बर्षसम्म सुरुङ्गा खानेपानीको सचिव पदमा तत्कालिन अध्यक्ष प्रेम दाहालसग काम गर्नुभएको थियो । त्यसपछि उहाँ अध्यक्षमा प्रेम दाहालसगै निर्वाचनमा उठेर पराजित समेत हुनुभएको थियो ।
अध्यक्षमा यसपटक खानेपानीको १२ औ साधरणसभाबाट खतिवडा सहित सिंगै टिम सर्वसम्मत भएको हो । जसमा उपाध्यक्षमा पुन राजेन्द्र उप्रेती, सचिवमा पुन गोपाल खरेल र कोषाध्यक्षमा भरतकुमार ढकाल सर्वसम्मत हुनुभएको हो ।
यसैगरी सदस्यहरुमा डिल्लीराम उप्रेती, प्रेमबहादुर रोक्का र लक्ष्मीप्रसाद ओडारी सर्वसम्मत हुनुभएको छ । यसैगरी महिला सदस्यहरुमा सोमा खरेल र अम्बिकादेवि कट्टेल सर्वसम्मत हुनुभएको छ । यसैगरी लेखा समिति संयोजकमा युवराज उप्रेती र लेखा समिति सदस्यहरुमा शान्ति उपाध्याय घिमिरे र राजेन्द्रकुमार पराजुली सर्वसम्मत हुनुभएको छ ।
यसअघि मनोनयन गराउनुुभएका अध्यक्षका भीमप्रसाद अधिकारी सहित कोषाध्यक्षमा उम्मेद्धारी दिनुभएका खेम कार्कीले उम्मेद्धारी झिक्नुभएको थियो । यसैगरी सदस्यहरु माधव पोखरेल, दिपक खतिवडा र राजकुमार फुयाँलले समेत उम्मेद्धारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत भएको हो ।
१२ औ साधरणसभामा सर्वसम्मत भएपछि अध्यक्ष रुपनारायण खतिवडा रमेशले हाल यस सुरुङ्गा खानेपानीमा पानीमा सुद्धतामा केहि गुनासोहरु आउने गरेकोमा पहिलोपटक प्राविधिक टोलीसग छलफल गरेर पानीमा सुद्धता ल्याउने, नयाँ खासमा गरिव परिवारको धारा जडानमा चर्को धारा जडान शुल्क रहेकोमा त्यसलाई समायोजन गर्ने र हाल करोडौ रुपैँयाको सुरु भएको वृहत खानेपानी आयोजनालाई समयमै सकाउने मुख्य आफ्नो एजेण्डा रहेको खतिवडाले कनकाई अनलाईसगको संक्षित कुराकानीमा बताउँनुभयो ।


