
कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ का जेन्जी अगुवा युवा अभियान्ता दिवश कार्कीको नेतृत्वमा वृहत साताव्यापी सरसफाई महाअभियानको समापन गरिएको छ ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरेर सरसफाई सचेतना अभियानको समापन गरिएको हो ।
कार्कीको संयोजकत्व तथा नेतृत्वमा एक सातासम्म भएको सरसफाईमा अभियानका २० वढी सदस्यहरु तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली र युवा नेता रमेशचन्द्रबाबु मैनाली सहितको टोलीको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा सरसफाई अभियानका क्रममा भोग्नुपरेका तिता मिठाअनुभव साटनका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको अभियानकर्मी दिवश कार्कीले बताउँनुभयो । यो अभियान हामीले सुरु गरिदिएका हौ । सुरुङ्गा र कनकाई नगरपालिकामा रहेका अन्य संघ संस्थाले समेत यस अभियानलाई निरन्तता दिनुपर्यो । हामीपनि फेरी अभियानमा जोडिनेछौ कार्कीले भन्नुभयो ।

अभियानले अहिले सरसफाई गरेपनि समाजमा भएका र हुने विकृति विसङ्गति र विशेष गरी भ्रष्टाचारका मुद्धालाई समेत अभियानले जोडेर अगाडि लैजाने कार्कीको भनाई छ । यसैगरी सुरुङ्गाको सुरक्षाका लागि हालसम्म सामुदायिक रुपमा सिसिटिभी कहिपनि जडान नगरीको भन्दै यसको व्यावस्थापन गर्नका लागि समेत अभियानका तर्फबाट यसका सरकार र सचेत नागरिकलाई आव्हान गरेको छ ।
सुरुङ्गालाई बन्द मुक्त भनेर चिनिएजसरी फोहोरमैला मुक्त शहरका रुपमा समेत चिनारी विश्वमाझ लैजाने कार्कीको उदघोष थियो । कार्कीको अभियानलाई झापा सुरुङ्गा निवासी हाल अष्टेलियामा बसोबास गर्दै आउनुभएका ग्रैह आवाशीय नेपालीहरुको संस्था पानस अष्टेलियाका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको साथ रहेको छ । उप्रेतीले सरफाईका लागि आवश्यक ४० थान डस्विन उपलब्ध गराउँनुभएको छ । हाल ती डस्विनहरु प्राय राखिसकिएको कार्कीले बताउँनुभयो ।
पत्रकार सम्मेलनमा सरसफाई अभियानकर्मी मनिसा वाग्ले लगायातले अनुुभव सुनाउनु भएको थियो । सरसफाई अभियान समापनको अवशरमा सुरुङ्गा बजारमा सचेतना र्याली समेत निकालिएको थियो ।




