
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माध्यमिक विद्यालयका वारेमा विभिन्न अनलाईन संकरण र सामाजिक सञ्जालमा आएका समाचारहरु कपोकल्पित र भ्रामक रहेको भन्दै विद्यालय प्रशासनले पत्रकार सम्मेलन गरेको छ ।
बिहिवार विद्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै विद्यालयका प्रअ कर्णबहादुर डाँगी, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाई, शिक्षक अभिभावक संघकी अध्यक्ष खगमाया चापागाईले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा जहिलेपनि भर्ना अभियानकै बेला यस्ता खाले विद्यालयमा नकरात्मक हल्लाहरु फैलिने गरेको भन्दै हल्लाको पछाडि नलाग्न र आफ्ना विद्यार्थीहरुलाई नियमित विद्यालयमा पठाउन अनुरोध समेत गर्नुभएको छ ।
विद्यालयमा नकरात्मक हल्ला फैलाउन विद्यालयकै कतिपय व्याक्तिहरु समेत सामेल भएको पत्रकार सम्मेलनमा दावी गरिएको छ ।
पत्रकार सम्मेलनमा विभिन्न सामाजिक सञ्जालमा आएको जस्तो कुरामा एक प्रतिशत पनि सत्यता नरहेको पत्रकार सम्मेलनमा प्रअ कर्णबहादुर डाँगीले दावी गर्नुभएको छ । पत्रकार सम्मेलनमा समाचारमा बाहिर आएको जस्तो विद्यालयले आफ्नो जमिन कसैलाई नदिएको समेत प्रष्ट पारिएको छ । यता अख्तियार अनुसन्धान आयोग इटहरीबाट विद्यालयलाई गत २०८२ साल असोज २७ गते कनकाई नगरपालिकालाई लेखिएको पत्रमा विद्यालयलाई प्राप्त बजेट र यसको बिल बिजकका वारेमा पत्र काटिएको र यसको प्रतिउत्तर समेत विद्यालयले लेखिसकेको र विद्यालयले यसको सफाई पाउने विश्वास रहेको समेत बताइएको छ । अख्तियारले गर्ने नियमित काम कार्वाहीको शैलीलाई छापा मारिएको भनेर गलत प्रचार गरिएको समेत पत्रकार सम्मेलनमा प्रअ डाँगीले गुनासो गर्नुभएको छ । यसो गर्नुको मुल कारण कसैको व्याक्तिगत फाईदा र विद्यालयको वदनामी गरि विद्यालय भर्ना अभियानलाई असर पार्नु रहेको समेत पत्रकार सम्मेलनमा प्रअ डाँगीले दावी गर्नुभएको छ ।



