कनकाई अनलाईन
झापाको सुरुङ्गामा भोली बैशाख ३ गतेबाट चौथो प्रदेश स्तरीय भेट्रान कप हुने भएको छ ।
प्रतियोगिताको वारेमा आयोजक कनकाई भेट्रानले पत्रकार सम्मेलनको आयोजना गदै तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा आयोजक कनकाई भेट्रानका अध्यक्ष श्यामकुमार राईले जनाएअनुसार उदघाटका दिन उर्लावारी भेट्रान र चारपाने बिच खेल हुने छ । खेलको फाईनल खेल बैशाख १२ गते हुने छ । प्रतियोगितामा बिराटनगर, बिर्तामोड, धरान, मेचीनगर, आयोजक कनकाई, दुधे, ढल्के जोवन र दमक लखनपुर भेट्रान क्लवको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ र दोस्रो हुने टिमले नगद ६७ हजार रुपैया प्राप्त गर्ने छ । प्रतियोगितामा ११ एकजना ३८ बर्षको रहनुपर्ने, ८ जना ४० बर्ष माथिका र २ जना ५० बर्ष माथिको खेलाडी रहनुपर्ने बताइएको छ ।
कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता निशुल्क हेर्न पाउने छ । पत्रकार सम्मेलनमा दिलकुमार कार्की, ज्योतिकुमार उप्रेती, छवि थपलिया लगायातले पत्रकारले सोधेको प्रश्नको उत्तर दिनुभएको थियो ।


