लीलाराज झापाली
विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार भट्टराई निर्वाचित हुनुभएको छ ।
भट्टराईले उहाँका निकत्तम प्रतिद्धन्द्धी हनुमान मित्तललाई २ सय ३५ मतअन्तरुलै हराउर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । आईतवार भएको निर्वाचनको मतगणना आज सकिएको थियो जसमा भट्टराईले जम्मा ११३१ मत ल्याउनुभएको थियो भने मित्तलले ८९६ मत मात्रै ल्याउनुभएको थियो ।
तीन जना अध्यक्षमा प्रत्यासी उम्मेद्धारमध्ये अर्का प्रत्यासी हरि प्रसाईले भने ११८ मत मात्रै ल्याउनुभएको निर्वाचन समितिका सदस्य शिवकुमार अग्रवालले जानकारी दिनुभयो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी ७०८ मतअन्तरले विजयी हुनुभएको छ उहाँका प्रतिद्धन्द्धी गंगाप्रसाद मैनालीले ६५४ मतमात्र ल्याउनुभएको छ ।
यसैगरी उद्योग उपाध्यक्षमा राजु न्यौपाने विजयी हुनुभएको उहाँले प्रतिद्धन्द्धी कुलप्रसाद खरेललाई ४५८ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो । न्यौपानेले १२३६ मत लाउदा खरेलले ७७८ मत ल्याउनुभएको थियो ।
बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया १०५४मतका साथ विजयी हुनुभएको छ । उहाँका निकत्तम प्रतिद्धन्द्धी सादुलहाङ्ग ओलीले ९३६ मत ल्याउनुभयो । चिमरियाले ओलीलाई १०९ मतले पराजित गर्नुभएको हो ।
महिला उपाध्यक्षमा पार्वता विमली १२६७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकत्तम प्रतिद्धन्द्धी दुर्गा खतिवडाले ७२० मत ल्याउनुभएको छ ।
विमलीले खतिवडालाई ५४७ मतअन्तरले पराजित गर्नुभएको हो । यसैगरी महासचिवमा प्रशान्त भण्डारी ११३० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकत्तम प्रतिद्धन्द्धी सुवास भट्टराईले ८७५ मत ल्याउनुभयो ।
भण्डारी २५५ मतअन्तरले विजयी हुनुभएको हो । यसैगरी उद्योग सचिवमा रविन्द्र भट्टराई ११६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी राजन थापाले ८२३ मत ल्याउनुभयो ।
वाणिज्य सचिवमा प्रकाश घिमिरे १०१६ मतल्याएर विजयी हुनुभएको छ भने उहाँका निकत्तम प्रतिद्धन्द्धी घनश्याम चौधरीले ९७१ मत ल्याउनुभयो । कोषाध्यक्षमा मनोज अग्रवाल १०९७ मत ल्याएर विजयी हुनुभएको छ उहाँका निकत्तम प्रतिद्धन्द्धी पवन खेडियाले ८५८ मत ल्याउनुभएको थियो ।
यसैगरी सदस्यहरुमा खगेन्द्र खरेल , राजकुमार शाह , गौरीशंकर गुप्ता , संजिव घिमिरे , राजु सापकोटा , विजयी हुनुभएको छ भने महिला सदस्यमा उर्मिला खरेल र राधिका चुडाल निर्वाचित हुनुभएको छ ।
१८ जना कार्यसमितिका लागि गत आइतवार भएको निर्वाचनको मत परिणाम सोमबार दिउसो सार्वजनिक भएको हो ।
निर्वाचनमा कांग्रेस माओवादी केन्द्र विच चुनावी तालमेल गरिएको थियो जसबाट अध्यक्ष उपाध्यक्ष सहित अधिकांस सदस्य सदस्य निर्वाचित बनेका छ । भने एमाले र राप्रप्रा विच चुनावी तालमेल भएको थियो जसमा २ पदाधिकारी र केहि सदस्यले जित हात पारेका छन । निर्वाचनमा स्वतन्त्र , कांग्रेस माओवादी र एमाले राप्रपा गरी ३ प्यानल निर्वाचनमा सहभागि थिए ।
जम्मा २४४३ मतदातामा २०९१ जना व्यावसायीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।


