शरणामती,फागुन १९।झापा गाउँपालिकाका सबै वडामा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने कार्य सुरु भएको छ।
पालिकाका सबै वडाहरुमा टोल बिभाजन गरि फोटो खिच्ने कार्यको सुरुवात गरिएको सुचना अधिकारी हिमाल मिश्रले बताउनु भयो।उहाँले राष्ट्रिय परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाण पत्र लिएर स्वयं उपस्थित हुनुपर्ने र आवश्यकता परेको खण्डमा विवाह दर्ता,मतदाता परिचयपत्र,मृत्यु दर्ता,वसाईसराई र जन्मदर्ता लगायत कागजातहरु उपलब्ध गराउनु पर्ने बताउनु भयो।राष्ट्रिय परिचयपत्रको टोली सबै वडामा आइसकेकाले सबै वडाबाट एकै साथ फोटो खिच्ने कार्यको सुरुवात गरिएको मिश्रले बताउनु भयो।
यता झापा गाउँपालिका-६ मा करिव ४०० जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाइ सकेको सचिव पुर्णचन्द्र मैनालीले बताउनु भयो।”एकै पटक गर्दा भिडभाड धेरै हुनाले वडाका प्रत्येक टोल विभाजन गरेर काम गर्दैछौ,टोली सबैको परिचयपत्रको काम सकेर फर्किन्छ करिव एक महिना लाग्ला” मैनालीले भन्नुभयो।