कनकाई अनलाईन
सुरुङ्गा , कनकाई नगरपालिका ४ स्थित कोटीहोम कन्चनटोलमा मुस्लिम वालवालिकाहरुको धार्मिक ज्ञान दिने उद्धेश्यले मदरसा संचालनमा आएको छ ।
कनकाई नगरपालिका वार्डनम्बर ४ ले दिएको ३२ हजार सहयोगबाट आवश्यक डेक्सवेन्च तथा ह्वाईट बोर्ड खरिद गरि यस क्षेत्रका मुस्लिम अभिभावकहरुको समेत लगानीमा सुरु गरिएको यस गरिब नवाज मदरसामा हाल ४५ जना मुस्लिम वालवालिकाहरु आफ्नो स्कुल समयपछि दैनि १ घण्टा धार्मिक कुरान पढ्ने गरेको स्थानीय मुस्लिम अगुवा युवा तथा गरिब नवाज मदरसा समितिका सचिव मोहमद स्माइल आलमले बताउँनुयो । मदरसा संचालनका लागि स्थानीय मोहमद जामिरले ५ धुर जमिन निशुल्क उपलब्ध गराइदिएपछि त्यहा हाल मुस्लिम धर्मगुरु मोहमद नइमदिमले दैनिक कुरान पढाउदै आउनुभएको छ ।
यसैविच कनकाई नगरपालिका वार्डनम्बर ४ का वार्डअध्यक्ष गोविन्द पौडेलले सो गरिब नवाज मदरसाको औपचारिरुमपा आज उद्घाटज गर्नुभएको छ । प्रमुख अथितिका रुपमा बोल्दै अध्यक्ष पौडेलले राज्य तथा नगरपालिकाले समेत सवै धर्म र सम्पादयलाई वरावरी अवशर र उनीहरुको कला धर्मसस्कृतिको संरक्षण गर्ने वताउदै आगामी दिनमा समेत यस क्षेत्रका मुस्लिम वालवालिकाहरुको शिक्षा र अन्य सहयोगका लागि सधै आफुहरु सहयोगि बन्ने वताउनुभयो ।
पौडेलले मुस्लिम वालवालिकाहरु तथा अभिभावकहरुलाई समेत शिक्षाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र यसका लागि वालवालिकालाई स्कुल पठाउन र गरिएको सहयोगको सहि सदुपयोग गर्न समेत सवैलाई अनुरोध गर्नुभयो । यसैगरि वार्डनम्बर ४ का वार्ड सदस्य रोषन सुवेदीले वालवालिकालाई धर्मसंस्कृतिको साथमा विद्यालयको शिक्षा समेत सहि तरिकाले दिनसके देशमै अव्वल वालवालिका यस क्षेत्रका हुने भन्दै अभिभावकलाई वालवालिकाको शिक्षामा लाग्न सुझाव दिनुभयो । कार्यक्रममा पत्रकार लीलाराज झापाली , साजन राई , मोहमद जमल लगायातले शुभकामना दिनुभएको थियो । कार्यक्रम मदरसाकी अध्यक्ष साहानज वेगमको सभापतित्व सचिव स्माइल आलमको स्वागत तथा संचारकर्मी भण्डारीको संचालनमा सम्पन्न भएको थियो । सोही अवशरमा मुस्लिम धर्मालम्बीको मिलादुलनवि मिलाद कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ