ताजा अपडेट
Home / Main News / सुमितलाई जिताउन गु्रपिङ्ग भोटिङ्ग क्याम्प

सुमितलाई जिताउन गु्रपिङ्ग भोटिङ्ग क्याम्प

कनकाई अनलाईन ।
सुमधुर स्वरका धनी र नेपाल आइडल सिजन टु का सबैभन्दा कान्छा प्रतिस्पर्धी झापा कनकाई नगरपालिका निवासी गायक सुमित पाठकलाई भोटिङ्ग गर्न उनको जन्म स्थल कनकाईमा सय वढी युवाले भोटिङ्ग क्याम्प खडा गरि रातभर भोटिङ्ग गरेका छन ।
राम्रो गायकि हुदाहुदैपनि गोल्डेन माइक विजेता सुमित अघिल्लो एपिसोटमा वटम २ मा परेपछि भोटकै कारण राम्रो प्रतिभा बाहिरिन लाग्यो भन्दै झापा र आसपासका जिल्ला तथा देश विदेशमा रहनेसबै संगितप्रेमीहरुले यस पटक सुमित पाठकलाई भोट गरि सार्वजनिक संजाल मार्फत सार्बजनिक गरिरहेका छन ।

उनको जन्मथलो झापा सुरुङ्गामा भोटिङ्गका लागि एक सय जना तालिमप्राप्त युवाद्धारा रातभर भोटिङ्ग गरिएको छ । यो समुहले भोली दिउसो १२ बजेसम्म भोटिङ्ग जारी राख्ने भोटिङ्ग कार्यमा खटिएका स्थानीय कुमार बानियाले बताए । भोटका लागि धेरै संगितप्रेमीहरुले आफुलाई भोट गर्न मन भएर पनि समय र तरिका झन्झटिलो भएको भनि भोट बराबरको नगदै सहयोग गरेपछि यी तालिमप्राप्त युवाबाट गु्रपिङ्ग भोटिङ्ग थालिएको सुमित पाठक जिताउ अभियान झापाका संयोजक तथा कनकाई उद्योग बाणिज्य संघ झापाका अध्यक्ष कुमारमणि पोखरेलले कनकाई अनलाईनलाई बताउनुभयो । भोटिङ्गका लागि जर्मन निवासी राजु श्रेष्ठ तथा हङ्गकङ्ग निवासी रबी श्रेष्ठले जनहि नगद १ लाख रुपैँया सहयोग गर्नुभएको छ । भने झापाका ५ सय भन्दा वढी व्यावसायीहरुले हरेक श्रृङ्खलामा आफुहरुले नगद १ हजारका दरले भोटिङका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आर्थिक संकलनका लागि यस क्षेत्रका अग्रज समाजसेवी तथा सुरुङ्गा जेसिज तथा कनकाई लायन्स क्लवका संस्थापक अध्यक्ष लीला चिमरियाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको छ ।

सुमित पाठकलाई भोट गर्नका लागि यहि एपिसोटका लागि कनकाई अनलाईनका सम्पादक लीलाराज झापालीबाट नगद ५ हजार रुपैँया आर्थिक सहयोग प्रदान गर्नुभएको छ भने स्थानीय अम्बिका खरेलबाट नगद ५१ सय , पृथ्वी वचत सुरुङ्गाका कर्मचारीबाट नगद ५ हजार , कनकाई ट्याक्सी चालक संघबाट नगद ५ हजार , नेपाल स्वतन्त्र बजदुर जडान कनकाईका मजदुरबाट ५ हजार ,  युवराज संग्रौलाबाट ५ हजार लगायातबाट नगदै सहयोग भएको छ । यसैविच यस पटकको एपिसोटमा गायक सुमित पाठकले चर्चित गजल गायक राज सिग्देलसगै उ जितेर गई यहा हारेर गई नतिजा आफैतिर पारेर गई बोलको गित गाएका छन ।

उनको यस गायकीले स्वयम गायक राज सिग्देलको मात्रै मन नजितेर तिनैजना जर्जको समेत मन जितेर रेस्पेड पर्फमेन्स पाएको छ । यसैविच यस पटक गायक सुमित पाठकलाई सर्वाधित भोट दिलाउन र नेपाल आइडल बनाउन भोली शुक्रवार दिउसो १२ बजेसम्म आफ्नो मोवाइलबक्समा गई १२ टाइप गरि ३१००९ मा पठाउन सबैमा सुमित पाठक जिताउ अभियानले आग्रह गरेको छ भने एप्प मार्फत पनि भोट गर्न सबैमा अनुरोध गरेको छ । सुमितलाई भोटका लागि आर्थिक सहयोग गर्न सुमित पाठक जिताउ अभियानका आर्थिक जिल्ला संयोजक लीलाप्रसाद चिमरिया – ९८५२६७२१८७ मा फोन गरेर सहयोग गर्न पनि सकिने अभियानले जनाएको छ ।

Facebook Comments

Check Also

निर्मलाका दोषीलाई कार्वाहीको माग गर्दै कनकाईमा प्रदर्शन

कनकाई अनलाईन कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गामा निर्मला हत्याको विरोधमा मंगलबार प्रदर्शन गरिएको छ । कन्चनपुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *