कनकाई । बन्दमुक्त नगरको रुपमा चर्चित कनकाई नगरपालिकाबाट बैशाख १५ गते शुक्रबारदेखि कनकाई अनलाइन पाठक माँझ प्रस्तुत भएको छ ।
यस क्षेत्रका पुराना पत्रकार लीलाराज झापालीको सम्पादनमा यो अनलाइन आजदेखि प्रस्तुत भएको हो ।
यसअघि नै प्रकाशन थालिएको कनकाई साप्ताहिकलाई जस्तै कनकाई अनलाइनलाई पनि पाठकको सदैव साथ रहने सम्पादक झापालीले विश्वास व्यक्त गरे ।
‘छापामा झैँ अनलाइनमा पनि हामीलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं,’ उनले भने, ‘प्रविधिको बढ्दो प्रयोगलाई समेत सञ्चारमाध्यममा भित्र्याउने उद्देश्यका साथ नगरको सन्देशलाई विश्वभर फिँजाउन कनकाई अनलाइनको सचेत पहलकदमी रहनेछ भन्ने आशा छ ।’
अनलाइनको डिजाइन सञ्चारकर्मी गौरव पोखरेलले गरेका हुन् ।
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी